एमसीसी खारेजीका लागि संसद घेराउदेखि नेपाल बन्दसम्मका कार्यक्रम घोषणा

  पत्रपत्रिका खबर  628 पटक हेरिएको

विभिन्न ९ दलीय संयुक्त मोर्चाले एमसीसी सम्झौता खारेजीका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), मोहन विक्रम सिंह नेतृत्वको नेकपा (मसाल) लगायतका दलहरूले संयुक्त मोर्चा गठन एमसीसी सम्झौता खारेजीको लागि संघर्ष गर्ने निर्णय गरेको छ ।

एमसीसीको खारेजी सँगै, भारतद्वारा मिचिएका लिपुलेक, कालापानी लगायतका नेपाली भू-भाग फिर्ताको लागि सङ्घर्ष गर्ने निर्णय समेत उक्त मोर्चाले गरेको छ ।

नौ दलिय मोर्चाले नेकपा संयुक्तलाई समेत समेटेर १० दलिय मोर्चा बनाउँने निर्णय समेत गरेको छ। संर्घषका कार्यक्रम अन्तरगत फागुन १५ गते अन्तरक्रिया गर्ने, १६ गते संसद भवन घेराउ गर्ने लगायतका कार्यक्रम छन् ।

उक्त संयुक्त मोर्चाले सार्वभौमिकता र अखण्डतामाथि प्रश्न उठिरहेको अहिलेको अवस्थामा सङ्घर्षको उत्कर्ष रुप ‘नेपाल बन्द’को कार्यक्रम समेत आयोजना गर्ने निर्णय गरेको छ। उक्त कार्यक्रमलाई सफल पार्नका लागि संयुक्त मोर्चाले सबै देशभक्त नेपालीलाई आग्रह गरेको छ। हेर्नुस विज्ञप्ति ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार