महासंघको खुला केन्द्रीय सदस्यमा बझाङका सिंहको उम्मेदवारी

  पत्रपत्रिकाखबर  80 पटक हेरिएको

बझाङ । मोफसलबाट सक्रिय पत्रकारीता गरिरहेका कान्तिपुर दैनिकका पत्रकार वसन्तप्रताप सिंहले नेपाल पत्रकार महासंघको खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्। चैत २५ गते हुने महासंघको निर्वाचनमा व्यवसायिक र जिम्मेवार पत्रकारीताको विकासका लागि आफु उम्मेदवार भएको सिंहले बताएका छन्। दुर्गमका अब्बल पत्रकारको रुपमा चिनिने पत्रकार सिंह मानवीय चासोका विषय, सुशासन, पर्यटन र सामाजिक न्याय लगायतका सवालमा १७ वर्षदेखि निर्भिक ढंगले कलम चलाउँदै आएका छन्।

नेपालको पत्रकारितामा अझै पनि उपत्यका बाहिरका जिल्लालाई मोफसल दृष्टिले हेरिन्छ। तर उनले सुदुरपश्चिमको विकट जिल्ला बझाङमा बसेर आफ्नो पत्रकारिता यात्रालाई अगाडी बढाए। ‘फरक रिपोर्टिङका लागि अगाडी बढाएको पाइलालाई गन्तव्यमा पुर्याएर मात्रै विश्राम दिने’ उनको स्वभावले पनि १७ वर्षदेखि पत्रकारितामै टिकाइ मात्र राखेको छैन। एक अब्बल, अशल तथा प्रतिभाशाली पत्रकारको परिचयका रुपमा स्थापित गरेको छ।

सिंह राष्ट्रिपतिले प्रदान गर्ने जनसेवाश्री पदकबाट समेत विभुषित भइसकेका छन। यस वर्षमात्रै नेपाली पत्रकारहरुको अन्र्तराष्ट्रिय संजाल (इञ्जा) बाट एक लाख राशीको सामुदायिक पत्रकारीता पुरस्कार र नेपाल पत्रकार महासंघले प्रदान गर्ने कर्ण बोहरा स्मृती पत्रकारीता पुरस्कारबाट सम्मानित भइसकेका छन्। विषयबस्तुको गहिरो अध्ययनसहित समाचार लेख्ने सिंहले यसअघि पनि राष्ट्रिय शिक्षा पुरस्कार, कान्तिपुरको उत्कृष्ट संवददाता पुरस्कार, फेडवासन पुरस्कार लगायत दर्जनौ पुरस्कार र सम्मान पाइसकेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार