पीकनिक खान गएका वडाध्यक्षको मृत्यु

  मूलधारपोष्ट  51 पटक हेरिएको

कञ्चनपुर । पीकनिक खान गएका वडाध्यक्षको मृत्यु भएको छ। भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदनबहादुर चन्दको शुक्रबार पिकनिक खान गएका बेला मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार वेदकोट नगरपालिका–६ मा पर्ने चुरेपानीमा पिकनिक खान गएका बेला घाँटीमा समस्या देखिएपछि अस्पताल पुगाएका वडाध्यक्ष चन्दलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।

मासु खाएका चन्दले घाँटीमा समस्या देखिएपछि तत्कालै महाकाली अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नाबय उपरीक्षक थापाले बताए। उनका अनुसार वडाध्यक्षसँगै पिकनिक खान गएका वडा सचिवसहितका ७ जनालाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ। मृतकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक वडाध्यक्ष नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार