बरु एमाले छाड्न तयार, कदापि बालुवाटारमा नजाने

  पत्रपत्रिका खबर  142 पटक हेरिएको

काठमाडाै‌ । एमालेका वरिष्ठ नेता माधव नेपाल बालुवाटारमा हुने पार्टीका बैठकहरूमा सहभागी नहुने भएका छन् । शुक्रबार बसेको संसदीय दलको बैठकमा अनुपस्थित भएका नेता नेपालले पार्टीका कार्यक्रमहरू बालुवाटारमा नराख्न सुझाव दिएका छन् । उनले पार्टी कार्यालय वा संसदीय दलमा राख्न अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन् ।

नेपाल निकट मानिने एमालेका नेता जगन्नाथ खतिवडाले बालुवाटारमा हुने बैठक र कार्यक्रममा जान नसकिने बताए । नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै खतिवडाले भने, ‘माधव नेपालज्यूले पार्टी वा संसदीय दलको कार्यालयमा बैठक राख्न अनुरोध गर्नुभएको छ । बालुवाटारको बैठकमा जानु हुँदैन । बरु पार्टीले कारबाही गरे भोग्न तयार छौँ ।’

नेता नेपालले पार्टीले कारबाही गरे पनि आफू बालुवाटरमा हुने बैठकमा नजाने कुरा सुनाएको खतिवडाले बताए । नेता नेपालले बालुवाटारमा नजाने बताउँदै आएका छन् । शुक्रबार पनि नेपाल बालुवाटार गएनन् । अध्यक्ष ओलीले आफूलाई कारबाही गरे पनि नेपालले बालुवाटारको ढोका नकुल्चने बताउने गरेका छन् ।

ओलीले नेता नेपाल र भीम रावलको स्पष्टीकरणको जवाफसम्बन्धी पत्रप्रति असन्तुष्टि जनाइसकेका छन् । ओलीले नेपाल र रावललाई कारबाही गर्ने योजना बनाएको चर्चा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार