माइती नेपालकी अनुराधा कोइरालाको भदा आदित्यको हत्या

  मूलधार सम्वादाता  513 पटक हेरिएको

काठमाडाैं-  माइती नेपालकी संचालक अनुराधा कोइरालाको भदा आदित्य गुरुङको कुटपिटबाट काठमाडौंमा मृत्यु भएको छ । गुरुङ भारतीय नागरिक हुन् ।

अनुराधा कोइराला संचालक रहेको माइती नेपालको होस्टेल इन्चार्ज आदित्य गुरुङको गौशालास्थित पशुपति भिजनभित्र रहेको होटेल आमादव्लमका कर्मचारीसँगको बिबादपछि भएको कुटपिटका क्रममा निधन भएको आफन्तले बताएका छन् ।

झडपमा क्रममा गम्भिर घाइते भएका गुरुङको उपचारका लागि अस्पताल पुर्‍याइएको थियो । उनलाई अस्पताल पुगाउनेवित्तिकै चिकित्सकहरूले मृत घोषित गरेका थिए ।

होटलका कर्मचारीको कुटपिटबाट घाइते भएका आदित्यलार्इ तत्कालै केएमसी अस्पताल सिनामंगल लागिएको प्रहरीले जनाएको छ ।

अनुराधा कोइरालाले भदा गुरुङ सहित ३ जना होटलमा आएर ९ बजे कोठा बुक गरेका थिए । कोठा बुक गरेका उनीहरू होटलबाट बाहिर गएका थिए । उनीहरू बुधबार राति साँढे १२ बजे होटेलमा आएका थिए ।

३ जनामध्ये एक कोठामा बसेर २ जना काउन्टरमा आएका थिए । उनीहरूले राति खानेकुरा र रक्सी अर्डर गरेका थिए । त्यहि क्रममा काउण्टरका कर्मचारीसँग विवाद बढ्ने क्रममा गुरुङलाई होटेलका कर्मचारीले हातपात गरेको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको प्रहरी भनाइ छ ।

होटलका सञ्चालकका अनुसार हातपात गर्नेक्रममा एक कर्मचारीलाई वेल्टले पिट्दै घचेट्दा फाउण्टेनमा टाउको ठोक्किएपछि कर्मचारी र गार्डले गुरुङमाथि जाइलागेको बताइएको छ ।

कर्मचारीहरू प्रतिवादमा उत्रिएपछि गुरुङसँग रहेका अर्का १ जना भने त्यहाँबाट बाहिरिएका थिए । दोहोरो हानाहानका क्रममा एक कर्मचारीले डेस्कटप कम्युटरले गुरुङको टाउको माप्रहार गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार