खाँडो बुढ्थापाकी छोरीको उपचारका लागि आर्थिक सहयोग

  मूलधारपोष्ट  83 पटक हेरिएको

बाजुराको बुढिनन्दा नगरपालिका वडा नं–३ की खाँडो बुढ्थापाकी डेढ महिनाकी छोरी सम्झना बुढ्थापा कुपोषितका कारण जीवन मरणको दोसाधमा रहेकी छन् । कुपोषित खाँडोकी छोरीको उपचारको लागि आर्थिक सहयोग संकलन भएको छ ।

बुढिनन्दा नगरपालिका नगर उपप्रमुख सृष्टी रेग्मीको पहलमा उपचारको लागि आर्थिक संकल भएको हो । उपचारका लागि भोली काठमाण्डौ लगिने उपप्रमुख रेग्मीले बताएकी छन् । कुपोषित बालिकाको उपचार काठमाडौँ करिब ३÷४ महिना हुने भएको छ ।

उपप्रमुख सृष्टी रेग्मीले मनकारी सहयोगी दाताप्रति आभार व्यक्त गर्नुको साथै बालिकाको स्वास्थ्य लाभको समेत कामना गरेकी छन् । बालिकाको उपचारका लागि मनकारी सहयोगिहरु इशा गुरुङ १० हजार, कुमुद पन्त १० हजार, सुनिता गुरुङ १० हजार, सौरभ रावल १० हजार, सुरेन्द्र थापा १० हजाु, निर्मला आचार्य ५ हजार, मिना चाम्लिङ १५ हजार, सोनाम बोमजन १ हजाु, देवि सङ«ौला ५ हजार, रेस्मा आङ्डेम्बा १५ हजार, गोकर्ण चन्द १० हजार, बुढिनन्दा नगरपालिका २० हजार गरी एक लाख अठाइस हजार संकलन भएको छ ।

आज ४५ हजार रुपैयाँ उहाँहरुलाई हस्तान्त्रण गरिसको र बाकी रकम काठमाडौँ हेमराज थापा मार्फत हस्तान्त्रण गरिने उप्रमुख रेग्मीले बताएकी छन् । खाँडो बढ्थापाको राष्ट्रि बाणिज्य बैंकमा खाता समेत खोलिएको छ, यसपछि सहयोग बुढ्थापाको खाता नम्बर मार्फत गर्न सकिने भएको छ ।

जन्मेदेखि नै कुपोषितले ग्रस्त बनेकि छोरीको उपचार हुने भएपछि खाँडोको मनमा खुशीयाली छाएको छ । खाँडो बुढ्थापा आफै पनि कुपोषित रहेकी छन् । उनी गर्भवती हुदै कुपोषित भएकाले बच्चा पेटमै रहँदा कुपोषित रहेको स्वास्थ्यकर्मीले वताएका छन् । खाँडो बुडथापाको उमेर ४० कटिसकेको छ । उनले यो लगायत ६ बच्चा जन्माएकि छन् । एकातिर धेरै बच्चा जन्माउनु अर्को तिर उमेर छिपिदै जादा बच्चा जन्माउनुले पनि बच्चा कुपोषितनै जन्मेको हुन सक्ने स्वास्थ्यकर्मीले वताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार