फूलबुट्टे सारी गित अफ्रिकी महिलाको स्वरमा भिडियो सहित

  मूलधारपोष्ट  290 पटक हेरिएको

चर्चित गीत ‘फूलबुट्टे सारी’ अब एक अफ्रिकी महिलाको स्वरमा सुन्न पाईएको छ । यहि गएको शुक्रबार युट्युब च्यानल डिका इन्टरटेन्टमेन्टबाट युगान्डाकी वियोन्से फ्यामेसीको स्वरमा ‘फूलबुट्टे सारी’ सार्वजनिक भएको हो । हालसम्म यो गीत नेपाली गायक मार्मिक लामा, मिलन नेवार, अरिष्मा सिवाकोटी, मदन कृष्ण श्रेष्ठको स्वरमा सुनिरहेका थियौं ।

यही गीतको थुप्रै कभरहरू पनि युट्युबमा पाइन्छ भने सार्बजनिक अफ्रिकन महिलाको आवाजमा रहेको गीत पनि कभर गीत हो । यो गीतको रचनाकार र संगीतकार राजनराज सिवाकोटी हुन् ।विभिन्न भर्सनमा निस्किएको यो गीतले करोडौं भ्यूज पाइसकेको छ । दि क्याप्टेन वियोन्से फ्यामेसीले गाएको गीत पनि यतिबेला टिकटकको माध्यमबाट भाईरल हुन थालेको छ ।

यो समाचार तयार गर्दै गर्दा भिडियोलाई ३ लाख २७ हजार बढी पटक हेरिएको छ भने भ्यूज बढ्ने क्रममा छ । पछिल्लो समय नेपालमै रहेकी उनले युट्युब च्यानल एनबिएसबाट सार्वजनिक केही छोटा फिल्महरूमा पनि अभिनय गरेकी छन् । उनले गाएको ‘फूलबुट्टे सारी’को म्युजिक भिडियोमा सेरा सेरा र राजु खड्काको प्रस्तुति छ । भिडीयोलाई डिका गुरुङले निर्देशन, छायांकन र सम्पादन गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार