आधुनिक प्रविधि युक्त शिक्षासँग जोड्न विद्यालयलाई कम्प्यूटर सहयोग

 428 पटक हेरिएको

बाजुरा – सामुदायिक विद्यालयलाई आधुनिक प्रविधि युक्त शिक्षासँग जोड्न मष्टेश्वरी मावि डोगडीलाई कम्प्यूटर सहयोग गरिएको छ । ४ लाख ८९ हजार ६ सय ९० बराबरको लागत खर्चमा १५ वटा कम्प्यूटर सहयोग गरिएको हो ।

विद्यालयलाई कम्प्युटर हस्तान्त्रण गर्दै

गुड नेवर्स इन्टर नेशनल र पीसविनको सयुक्त सहकार्यमा ९ वटा डेल कम्पनीका डेस्टप कम्प्यूटर सहयोग गरिएको विद्यालयका निमित्त प्रअ विमला बोगटीले बताउनु भएको छ । कम्प्यूटर एक कार्यक्रमका बीच छेडेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावत र उपाध्यक्ष कुन्ती बुढा साउँदले विद्यालयलाई हस्तान्त्रण गरेका हुन् ।

विद्यालयको शैक्षिक गुणस्तर सुधार र प्रविधियुक्त शिक्षासँग जोड्न कम्प्यूटर सहयोग गरिएको पीसविन शिक्षा विकास अधिकृत टेकबहादुर थापाले बताउनु भएको छ । विद्यालयलाई हस्तान्त्रण लगत्तै कम्प्यूटर कक्षाको उद्घाटन समेत गरिएको छ ।

बालबालिकाको शिक्षा आर्जन गर्न पाउने विकासको अधिकारको ग्यारेन्टी गर्ने गरी सहयोग प्राप्त भएकोमा विद्यालयले धन्यवाद दिएको छ । बजारमा विक्न र टिक्न सक्ने शिक्षा दिनु आजको आवश्यकता भएकोले त्यसका लागि सहयोग महत्वपूर्ण हुने गाउँपालिका अध्यक्ष नरबहादुर रावतले बताउनु भएको छ ।

कम्प्यूटर प्राप्त भएसँगै विद्यालयले नियमित कम्प्यूटर कक्षा समेत सञ्चालन गर्ने विद्यालयले बताएको छ । कक्षा ६ देखि १२ सम्मको विद्यार्थीलाई प्रयोग गरिने छ । दैनिक एक कक्षा पुग्ने गरी सञ्चालन गर्ने बताईएको छ ।

कम्प्यूटर सहयोग सँगै विद्यालयका ९ सय बढी विद्यार्थी लाभान्वित हुने भएका छन् । कम्प्यूटर ग्रहण गर्दै विद्यालयका निमित्त प्रअ विमला बोगटीले विद्यार्थीको सिकाई उपलब्धी र गुणस्तरीय शिक्षा विकासमा ठूलो सहयोग पुग्ने बताउनु भयो ।

कम्प्यूटर दातृ निकायका तर्फबाट गुड नेभर्स इन्टर नेशनलका जिल्ला संयोजक विष्णु भुसालले गाउँपालिकालाई हस्तान्त्रण गर्नु भएको थियो । गुणस्तर सुधार हुँदै गएर र सही सदुपयोग हुन सकेमा थप विद्यालयलाई पनि सहयोग गर्ने भुषासलको भनाई छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष लगायतको लगायतको सहभागिता पीसविन विकास सहायक दिपक बुढाले बताउनु भएको छ । कम्प्यूटर उपलब्ध भएसँगै विद्यालयले कक्षा ६ देखि १२ सम्म अनिवार्य कम्प्यूटर कक्षा सञ्चालन गर्ने बताएको छ ।

सहयोगी संस्थाले बुढीगंगाका ७ र छेडेदह गाउँपालिकाका १४ वटा सामुदायिक विद्यालयमा अध्ययनरत एक हजार बढी बालबालिकाको शैक्षिक गुणस्तर सुधारका लागि काम गरिरहेका छन् । उनीहरुकोे शैक्षिक सामाग्री खरिद देखि स्वास्थ्य उपचार सहीत अभिभावकलाई आय आर्जनका क्रियाकलापमा समेत सहयोग गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार