भागरथी ह’त्या प्र’क’रणमा नयाँ ट्विस्ट, गाउँपालिका कर्मचारीको संलग्नता रहेको आरोप

  पत्रपत्रिका खबर  74 पटक हेरिएको

बैतडीकी भागरथी भट्टको ह’त्या प्र’क’रणमा नयाँ ट्विस्ट देखिएको छ । भट्टको ह’त्याका अभियुक्त दिनेश भट्ट यतिबेला दिपायलस्थित सुधारगृहमा छन् । प्रहरीले उनैले ब’ला’त्का’रपछि ह’त्या गरेको अनुसन्धानका आधारमा र्पुपक्षका लागि अदालतको आदेशमा सुधारगृह राखेको हो । तर, सुधारगृहमा रहेका दिनेशले यसअघिको बयान फेरेका छन् ।

किशोर दिनेशले आफूले दिदी समानकी भागरथीलाई ब’ला’त्कार गर्न नसक्ने र ह’त्या पनि नगरेको भन्दै आफन्तहरुलाई भनेका छन् । आफन्तसँगको सम्पर्कपछि उनले ह’त्या अस्वीकार गरेका छन् ।

भागरथी ह’त्या प्र’क’रणमा अर्कै व्यक्ति सं’लग्न रहेको कतिपय स्थानीयको दाबी रहेको छ । उनीहरुले आज पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराउने भएका छन् । बैतडीबाट कान्ता चन्दले जानकारी गराए अनुसार दिनेशले घटनामा आफ्नो संलग्नता नभएको र ड’रध’म्कीले बयान दिन लगाएको बताएका छन् ।

घटनामा दोहडा केदार गाउँपालिकाको प्राविधिक कर्मचारीको संलग्नताको विषय उठेपछि भागरथी ह’त्या प्रकरणको अनुसन्धानबारे प्रश्नहरु तेर्साइएको छ । अभियुक्त दिनेशले उनको नाम किटेको बुझिएको छ । तर, घटनामा संलग्न भएका अभियुक्त दिनेशबारे पत्ता लगाउने पाँच प्रहरी पुरस्कृत भइसकेका छन् । केहीको बढुवा समेत भएको छ ।

यसअघि दिनेशले प्रतिशोध लिन ब’ला’त्कार गरेको र अपराध खुल्ने ड’रले ह’त्या गरेको बयान दिएको प्रहरीले जानकारी दिएको थियो । भागरथीले अपराध खोलिदिने भयले दिनेशले घाँटी थि’चे’र ह’त्या गरेको बयान दिएको प्रहरीले जानकारी दिएको थियो । ह’त्याका आरोपी दिनेश भागरथीकै गाउँका भाई हुन् । उनी भागरथी अध्ययनरत सनातन धर्म उच्च माविमा कक्षा ११ मा अध्ययनरत थिए । भागरथी उक्त विद्यालयमा कक्षा १२ की छात्रा थिइन् ।

प्रहरीले दिनेशले ब’ला’त्का’रको योजना पहिले नै बनाएर डेढ घन्टा अगाडि नै विद्यालयबाट निस्किएको र जङ्गलमा कुरेर बसेको विषय सार्वजनिक गरेको थियो । उनले बाटोमा भागरथीलाई समातेको र प्रतिकारका क्रममा दुवैबीच झ’डप भएको थियो । त्यसपछि झाडीमा लडाएको उल्लेख गरेको थियो । २१ माघमा बैतडी दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया भागरथी भट्टको ब’ला’त्कारपछि ह’त्या भएको थियो । उनको श’व २२ माघमा फे’ला परेको थियो ।

ब’ला’त्का’रपछि भागरथीको घाँ’टी थि’ची ह’त्या गरिएको अनुसन्धानबाट पत्ता लागेको थियो । तर, आरोपी दिनेश भट्टको घटनाको १२ दिनपछि पहिचान खुली १३ औं दिनमामात्र सार्वजनिक गरिएको थियो । भागरथीको श’व लवलेक जङ्गलको खोचलेक गिरेगडा सडकबाट ३० मिटर मुनीको झाडीमा उत्तानो अवस्थामा फे’ला परेको थियो । रिपोर्टर्स नेपाल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार