सिमान्तकृत महिलाहरुको आवाजका लागि प्रशिक्षण तालिम सुरु

  मूलधारपोष्ट  50 पटक हेरिएको

सिमान्तकृत महिलाहरुको आवाज तथा सहभागिताका लागि ५ दिने प्रशिक्षक प्रशिक्षण तालिम सदरमुकाम मार्तडीमा सुरु भएको छ । बडिमालिका नगरपालिका र त्रिवेणी नगरपालिकाका सिमान्तकृत महिलाहरुलाई नेतृत्व विकास तथा क्षमता अभिबृद्धिका लागि ५ दिने प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको हो । टेवा नेपाल र महिला विकास मञ्चको आयोजनामा सञ्चालन तालिम ओमेन काईन्डको आर्थिक सहयोगमा सञ्चालन गरिएको हो ।

महिला विकास मञ्चका पुर्व अध्यक्ष जुना दानीको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि बडिमालिका नगरपालिकाका प्रमुख पदम बडुवाल रहनुभएको छ । कार्यक्रममा टेवा नेपाल काठमाण्डौका पृत शाही, बडिमालिका नगरपालिकाका समाजसेवि एवं तालिमका प्रशिक्षक दिर्घराज पाध्याय लगायत सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

होटल अपीमा आयोजना गरिएको उद्घाटनमा कार्यक्रमको सञ्चालन महिला विकास मञ्चका सामाजिक परिचालक विक्रम साउदले गर्नुभएको हो भने स्वागत मन्तव्य परियोजना संयोजक कृष्णा दानीले गर्नुभएको हो । पाँच दिनसम्म सञ्चालन हुने तालिममा महिला नेतृत्व, सिप विकास, स्थानिय तहमा छनोट हुने योजनामा महिला सहभागिता, महिलामैत्री बजेटका विषयमा जानकारी गराईने महिला विकास मञ्चका परियोजना संयोजक कृष्णा दानीले बताउनुभएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार