एमालेको यस्तै गतिविधिले एमाले फुट्छ गाैतम

  पत्रपत्रिकाखबर  120 पटक हेरिएको

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले केपी ओली र झलनाथ खनाल–माधवकुमार नेपाल समुहका गतिविधिले एमाले फुट्ने बताएका छन् । अखिल नेपाल किसान महासंघको भेलालाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुने।

‘नेकपा फुट्यो, यस्तै ताल हो भने एमाले पनि फुट्छ। त्यसकारण हामीले यसलाई जोगाउनुपर्छ’उनले भने,’भोलिको बैठकमा सबै जाऔं। म पनि जान्छु। त्यहीँ गएर ओलीविरूद्ध लडौं, पार्टीमा सबैले गुटबन्दी बन्द गरौं’

पछिल्लो समय पार्टी विभाजन हुनुमा सबैभन्दा बढी ओली जिम्मेवार रहेको गौतमले बताएका छन् । उनले सम्बोधनकै क्रममा केपी ओलीसँग पार्टी सञ्चालनको कुनै पनि ज्ञान नभएको जिकिर गरे। उनले २०७५ जेठ ३ गते दुई पार्टी मिलेर नेकपा बनेपछि प्रधानमन्त्री ओलीमा कम्युनिष्ट सिद्धान्त बाहिरको चरित्र देखिएको पनि आरोप लगाएका छन् । केपी ओलीमाथि लगातार खनिएका बामदेव गौतमले ओलीसँग तिगडम र जालझेलभन्दा अरू केही नभएको बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार