आखिर प्रचण्डले बनाइदिए एमालेलाई ३ टुक्रा

  पत्रपत्रिकाखबर  128 पटक हेरिएको

नेकपा एमालेको विवाद उत्कर्षमा पुगेपछि विभाजनको नजिक पुगेको छ । सहमतिको अन्तिम प्रयास समेत सफल हुन नसकेपछि अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, प्रभावशाली नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल अलग अलग ढंगले सक्रिय हुन थालेका छन् । एकता अभियान चलाएका बामदेव गौतमको पनि आफ्नै रणनीति छ ।

२८ फागुनमा ओलीले अध्यक्ष र महासचिवबाहेकका निर्वाचित पदाधिकारी नै खारेज गर्न चालेको कदम नसच्चिए एमाले फुट्ने निष्कर्ष नेपाल खनाल र गौतम पक्षधरले निकालेको छ । तर, ओली चालिसकेको कदमबाट पछाडि हट्न तयार देखिएका छैनन् ।

आज नेपाल खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला ओलीका लागि चुनौती हो । ७ फागुनमा डाकिएको केन्द्रीय कमिटी बैठक नेपाल खनाल समूहमात्र नभई गौतम समूहले समेत बहिष्कार गर्न सक्छ ।

ओलीबाट नेपाल खनाल समूह विभाजित भएमा प्रभावशाली नेता बामदेव गौतम छुट्टै दल खोल्ने रणनीति बनाएका छन् । उनी कुनैपनि समूहमा नलागी तटस्थ भूमिकामा छन् । अब उनले एकता अभियानका नाममा दल जसरी नै कदम चाल्ने तयारी गरेको बुझिएको छ ।

ओलीले नेपाल र खनाल समूहका नेताहरुमाथि कारबाहीको चेतावनी दिएका छन् । नेपाल समूहका नेता योगेश भट्टराईले कारबाही भोग्न तयार रहेको बताइसकेका छन् । एमालेलाई फुटबाट जोगाउन बामदेव गौतमले अन्तिम प्रयास जारी राखेका छन् । उनले २८ फागुनमा ओलीले चालेको कदम फिर्ता लिन लगाउने प्रयास गरिरहेका छन् ।

एमाले फुटको सम्भावनासँग माअोवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि एमालेका नेता/कार्यकर्ताले बिभिन्न अारोप लगाएका छन् । खास गरेर प्रचण्ड एमालेमा घुसेर छिन्नभिन्न पारेको एमाले ३ टुक्रा हुने अवस्थमा पुर्याएको अारोप लगाइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार