बिवाह गरेको २ महिना नबित्तै किन आ,त्मह,त्या गरिन प्रियंकाले

  मूलधारपोष्ट  239 पटक हेरिएको

बाजुराको त्रिवेणी नगरपालिका ३ पुर्वुताकि प्रियंका शाही बिबाह गरेको २ महिनामै आ,त्मह,त्या गरेकी छन् । गत माघकाे माघी सक्रान्तीको दिनमा पारस शाही सँग बिबाह गरेकी हुन् ।

स्वामिकार्तिक गाउँपालिका ३ माइती घर भएकी अन्दाजी १८ वर्षकी प्रियंका शाही मंगलबार बिहान ११ बजेतिर आफ्नै सुत्ने कोठामा आ,त्मह,त्या गरेको अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बिबाह गरेको दुई महिनामै मृतक शाहीले आ,त्मह,त्या गरेपछि उनका श्रिमान पारस शाही अहिले त्रिवेणी प्रहरी चौकीमा प्रहरीको नियन्त्रणमा रहेका बताइएको छ । घटना के कति कारणले घटेको हो सो विषयमा भने अहिले अनुसन्धान भैरहेको पनि प्रहरीले बताएको छ । मृऽतकको शव पोष्टमार्टमका लागि बुधबार बिहान जिल्ला अस्पताल बाजुरामा ल्याइएको पनि प्रहरीले बताएको छ । सांकेतिक तस्विर ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार