युवालाई कर्मशील, सिर्जनशील बनाउन गाैमुलले सुरु गर्यो युवा सम्मेलन

  मूलधारपोष्ट  104 पटक हेरिएको

बाजुराको गौमुल गाउँपालिकामा युवा सम्मेलन सुरु भएको छ । “म युवा गौमुलको गौरव” भन्ने मुल नाराका साथ गाउँपालिकाको केन्द्र घट्मुनामा ३ दिने युवा सम्मेलन गाउँपालिकाले आयोजना गरिएको हो । सम्मेलनमा ६ वटै वडाका करिब २ सय बढी युवाहरुको सहभागिता रहेको छ । युवाहरुलाई कर्मशील, सिर्जनशील, उर्जावान, असलशील स्वभाव, भावी योजना बनाउन सक्ने र युवाहरु भित्र रहेको बृद्धि विकासको बाधक भए त्रास र डरलाई हटाउने अपेक्षासहित सम्मेलनको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले बताएका छन् ।

एसईई भन्दामाथि अध्ययन गर्ने युवाहरुमा रहेको हरेक गलत आनी–बानीलाई अन्त्य गरी समृद्धिको संवाह बनाउने धेय अनुसार गाउँपालिकाले युवा सम्मेलन गरेको रोकायाले बताए । जीवनसंग सम्बन्धित रहेका कुराहरु, गाउँपालिमा रहेका युवाहरुका साझा समस्याहरुका सवालका बिषयमा बृहत छलफल गर्ने योजनासहित कार्यक्रमको सञ्चालन गरिएको अध्यक्ष रोकायाले कार्यक्रमको उद्घाटन गदैं जानकारी गर्नुभएको हो ।

गाउँपालिकाकायुवाहरुको आगामीचाहाना, युवाहरुले के गर्नुेपर्छ र के कुरा गर्नुुहुदैन् भन्ने कुरा सिकाउन, युवाहरुमा काम गर्ने हौसला निमार्ण गर्ने गरी आगामी आर्थिक बर्षमा गाउँपालिकाको बजेट युवा केन्द्रीत गरी समेट्ने लक्ष्य अनुरुप सम्मेलनको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाको भनाई छ । युवाहरुले जीवनमा भोेगेका कुरालाई सम्मेलनमा सम्प्रेषण गर्ने र युवाहरुमा भएका कुराहरुलाई गाउँपालिकाले सहज रुपमा सुन्ने गरी गाउँपालिकाले सम्मेलनको आयोजना गरिएको हो । जीवनलाई युवाहरुले कसरी अगाडी बढाउदै लैजान र युवाहरुको उत्प्रेरणा जगाउने सम्मेलनको मर्म रहेको छ ।

युवा उमेरमा युवाहरुले संघर्ष गर्नु पर्छ भन्ने मान्यता स्थापित गरी युवाहरुले अराजकता र गलत अभ्यास भन्दामाथि उठेर काम गर्नु पर्छ भन्ने सोँच र चिन्तनको विकास गर्ने गरी सम्मेलन गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रसाद भट्टले बताएका छन् । सम्मेलनमा गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले समग्र गाउँपालिकाको परिचय र युवाहरुका माग र समस्याका बिषयमा छलफल गुर्नभएको थियो । करिव तीन दिनसम्म चल्ने युवा सम्मेलनमा युवाहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको छ ।

सम्मेलनको प्रशिक्षणका रुपमा विज्ञ हिम्मत सि लेकाली र गणेश रावतले गरिरहनु भएको छ । गाउँपालिकाको सभाहलमा आयोजित सम्मेलनमा विकासमा युवाहरुको सहभागिता भूमिका र ५ बर्षमा गौमुल गाउँपालिकाका युवाहरुको अवस्था सवल सक्षम बनाउने गरी सम्मेलन आयोजना गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार