बाजुराको मार्तडीमा हवाइ एरपोटका लागि पहल सुरु

  मूलधारपोष्ट  90 पटक हेरिएको

बाजुराको सदरमुकाम मार्तडीमा हवाइ एरपोटका लागि पहल सुरु भएको छ । जिल्लाको पहिलो नगरपालिका बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले सदरमुकाम मार्तडीमानै हवाई जहाज विमानस्थल निर्माणका लागि प्रदेश सरकार र अन्य निकायसंग पहल गर्न थालेका छन् । सदरमुकाममै एयरपोर्ट बनाउनका लागि बडीमालिका नगरपालिकाले तयारी थालेको बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बताए ।

नगरपालिकाको फागुन ९ गते कार्यपालिकाको बैठकले मार्तडीमा एयरपोर्ट निर्माणका लागि विकास साझेदार जिआईजेड संग डिपिआर तयारी गराउने निणर्य गरेको नगर प्रमुख बडुवालले बताएका छन् । जिआइजेडको डिपिआर तयारीसंगै बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले मार्तडीमा एयरपोर्ट निर्माणका लागि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहसंग भेटेर छलफल गरेका छन् ।

जिल्लामा हुने विभिन्न घटना र सामान्य उपचारका लागि समेत लामो समयसम्म बसमा यात्रा गरेर जिल्ला बाहिर जानुपर्ने बाध्यता भएकोले यसको अन्त्यको लागि मार्तडीमा एयरपोर्ट निर्माण गर्ने गरि तयारीमा लागिएको नगर प्रमुख बडुवालको भनाई रहेको छ । जिल्लाका जनतालाई सहज रुपमा समयमै उपचार पाउने गरी एयरपोर्ट निर्माण कार्यमा पहल गर्न थालिएको बडुवालले भने । जनताको सहजताका लागि यो अभ्यासको सुरुवात गरेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार