यदि केपिशर्मा ओली प्रमबाट विस्थापित भए काे बन्ला प्रधानमन्त्री

नेकपा विवादमा सर्वोच्च अदालतको फैसलापछि बदलिएको राजनीतिक समीकरण आ–आफ्नो पक्षमा पार्न प्रमुख राजनीतिक दलहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपाले मान्यता नपाएसँगै एमाले र माओवादी पुरानै हैसियतमा पुगेपछि ओली नेतृत्वको सरकारको बहिर्गमन र नयाँ सरकार गठन गर्न दलहरुबीच नयाँ ढंगले सहमतिको प्रयास थालिएको हो । नयाँ सत्ता गठबन्धनका लागि दलहरुबीच औपचारिकरअनौपचारिक छलफलका साथ गृहकार्य भइरहेको नेताहरुले बताएका छन् ।

माओवादी केन्द्रले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनुअघि भावी सरकार कसको नेतृत्वमा बनाउने भन्ने यकिन गर्न विशेषतः माओवादी केन्द्र, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीबीच छलफल हुँदै आएको छ । माओवादी केन्द्रको सोमबार बसेको स्थायी समिति बैठकले सरकार, संसद र राजनीतिक क्रियाकलापबारे काँग्रेस र जसपासँग वार्ता गर्ने निर्णय गरेको थियो । उक्त निर्णय लगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेस सभापति शेरबहादुर देउवासहित जसपाका नेताहरु डा। बाबुराम भट्टराई, महन्थ ठाकुर र राजेन्द्र महतो लगायतसँग छलफल गरिसकेका छन् । यद्यपि प्रधानमन्त्री ओलीले पनि आफ्नो सरकार टिकाउन उत्तिकै कसरत गरिरहेका छन् । ओलीले पनि जसपासँग एक चरण छलफल गरिसकेका छन् भने बिहीबार पनि छलफलका लागि बालुवाटार बोलाएका छन् ।
काँग्रेस र जसपासँग प्रचण्डको आश-
परिवर्तित राजनीतिक घटनाक्रमपछि राजनीतिक मुद्दाका आधारमा दलहरुबीच न्यूनतम सहमति गरेर सोही अनुसार समीकरण र सत्ता सहकार्य गर्नुपर्ने पक्षमा नेकपा माओवादी केन्द्र उभिएको छ । प्रतिनिधिसभा विघटन गर्ने ओलीको प्रतिगामी कदममा संघर्षरत दलहरु काँग्रेस, जसपा र माओवादी मिलेर सरकार गठन गर्दा सहज हुने निश्कर्ष सो पार्टीले निकालिसकेको छ । सोही निष्कर्षका आधारमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काँग्रेस र जसपाका नेताहरुसँग वार्ता जारी राखेका छन् । उनले पहिलो चरणमा दुवै पार्टीका नेताहरुलाई छुट्टाछुट्टै भेटवार्तापछि अब सामुहिक भेटवार्ता र छलफल गर्ने तयारी गरेका छन् ।
सत्ता सहकार्यका लागि प्रचण्डले गरेको यो प्रयासप्रति नेपाली काँग्रेसले स्पस्ट धारणा सार्वजनिक नगरे पनि जसपाका नेताहरुले आफुहरुले उठाउँदै आएका मुद्दा जसले सम्बोधन गर्छ, उसैलाई साथ दिने बताइसकेको छ । राजपाले रेशम चौधरीको रिहाइ, मधेस तथा थरुहट आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता र संविधान संशोधनको माग जसले पूरा गर्छ, उसैलाई सघाउने नीति बनाएको छ ।

जसपाका नेता राजेन्द्र महतोका अनुसार आफ्ना मागप्रति ओलीले पटकपटक सहमति र प्रतिवद्धता जनाए पनि कार्यान्वयन नगरेकाले राजपा ओलीलाई सहयोग गर्न तयार छैन । यस्तै, नेपाली काँग्रेसको ठुलो हिस्सा हिजो ओलीका प्रतिगामी कदमविरुद्ध संघर्ष गरेकाले अहिले ओलीसँग सत्ता सहकार्य गर्न नहुने पक्षमा छ । यस्तो अवस्थामा काँग्रेस, माओवादी र जसपाबीच सत्ता गठबन्धनका लागि सहकार्य हुने सम्भावना बलियो देखिन्छ ।

कम्युनिस्ट गठबन्धन कति सम्भव ?
एमालेको माधव–झलनाथ समूह बाध्यताबस ओली नेतृत्वको पार्टीमा बस्नुपर्ने बाध्यतामा छ । पार्टी फुटाउने हैसियतमा नपुगेपछि यो पक्षले अहिले ओलीले जे चाहन्छन्, त्यसैमा समर्थन गर्नुको विकल्प छैन । त्यही भएर माधवकुमार नेपाल र झलनाथ खनालले अब आफुहरु ओली नेतृत्वको सरकार नै टिकाउने पक्षमा पुगेको अभिव्यक्ति दिएका छन् ।
एमालेको माधव–झलनाथ पक्षले बुधबार र बिहीबार आफुपक्षीय केन्द्रीय सदस्य र स्थायी समिति सदस्यहरुको भेला राखेर बाम गठबन्धनकै सरकारकै निरन्तरतामा जोड दिने निष्कर्ष निकालेको छ । तर तत्काल बाम गठबन्धनको सरकार बन्ने सम्भावना अत्यन्त कम देखिन्छ । किनभने एमालेमा ओलीले आफूबाहेक अरुलाई प्रधानमन्त्रीका रुपमा स्वीकार गर्ने अवस्था छैन, यस्तो अवस्थामा माओवादीले ओलीलाई समर्थन गर्न चाहदैन । उता, एमालेले पनि माओवादीलाई समर्थन गर्न चाहिरहेको छैन, जसले गर्दा बाम गठबन्धनको सरकारले निरन्तरता पाउने सम्भावना अत्यन्त कम देखिन्छ ।

मध्यमार्गी लाइन स् माधव प्रधानमन्त्री -भोलि यदि माओवादीले ओलीलाई दिएको समर्थन फिर्ता गरेमा ओली सरकार स्वतः अल्पमतमा पर्छ । यस्तो अवस्थामा ओलीले विश्वासको मतका लागि अन्य दलको सहयोग लिनुपर्छ । हालको समीकरणमा ओलीले विश्वासको मत जुटाउने अवस्था देखिदैन । यदि एमालेको माधव पक्षले भनेझै बाम गठबन्धनकै सरकार बनाउन ओलीसमेत सहमत हुने हो भने एमालेबाट प्रधानमन्त्रीका रुपमा माधव नेपाललाई अघि सार्न सक्ने सम्भावना पनि छ । त्यसरी नेपाललाई अघि सारेमा माओवादीले समेत समर्थन गर्ने निश्चित छ । यस्तो हुँदा बाम गठबन्धनकै सरकार बन्न सक्छ । एमालेका १२१ र माओवादीका ५३ सांसद गरी १७४ जना सांसदको समर्थनसहित सरकार बन्ने अवस्था रहन्छ ।

‘जे जसरी भए पनि जनमत बाम गठबन्धनकै पक्षमा मागिएको हो । त्यसैले सकभर अबको २ वर्ष पनि बाम गठबन्धनकै सरकार बनाउनु उपयुक्त हुन्छ । त्यही कारण हाम्रो पहिलो प्राथमिकता बाम गठबन्धन नै हो’, माधव पक्षका एक नेता भन्छन्, ‘ओलीका बारेमा सहमति नहुने अवस्थामा माधव नेपाललाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने विकल्प उपयुक्त हुन्छ । यसो गर्दा माओवादीलाई पनि सहज हुन्छ ।’

फुटाउने-प्रयाससम्म-राजनीतिक घटनाक्रमले नयाँ मोड लिए पनि ओली सकभर आफै टिकिरहने योजनामा छन् । त्यसका लागि उनले आफ्नो नेतृत्वको सरकार टिकाउन अनेकौं प्रयास जारी राखेका छन् ।

ओली पक्षले काँग्रेसलाई फकाउनेदेखि जसपा फुटाउनेसम्मका प्रयासहरु गरेका समाचार बाहिर आइसकेका छन् । ओलीलाई सरकार टिकाउन थप १५ सांसद आवश्यक रहेकाले जसपालाई फुटाएर आफ्नो पक्षमा पार्न उनको समूह प्रयासरत रहेको बताइन्छ । त्यसका लागि ओली पक्षले नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङले जसपाका नेताहरुसँग पटकपटक वार्ता गरिसकेका छन् । तर सत्ता समीकरणबारे छलफल नभएको नेम्वाङ बताउँछन् । ‘अहिले हामीले जसपासँग सत्ता समीकरणबारे कुराकानी गरेका छैनौं, तर हुनै नसक्ने भन्ने होइन,’ नेम्वाङको भनाइ छ ।

माओवादी चोइट्याउन चलखेल-नेकपा विवादमा ओली पक्षमा लागेका पूर्व माओवादी नेताहरु रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, दावा लामा लगायतका नेताहरुलाई जसरी पनि एमालेमै राख्ने योजना ओली पक्षको छ । ती नेताहरु हाल मन्त्रीसमेत छन् ।

सर्वोच्चको फैसलापछि उनीहरु पूर्व माओवादीमा नफर्के उनीहरुको सांसद पद रहँदैन । तर, बरु सांसद पद छोड्न लगाएर भए पनि उनीहरुलाई पार्टीमा स्थान दिने ओलीको चाहना छ । त्यसो गर्दा ओलीले प्रचण्डविरुद्ध आफ्नो जित महसुस गर्नुका साथै माधव पक्षलाई समेत साइजमा ल्याउन पनि यो तरिका सार्थक हुने ओली पक्षका नेताहरुको बुझाइ छ । तर पूर्व माओवादीका नेताहरुलाई एमालेमा व्यवस्थापन गर्न त्यति सहज भने देखिँदैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार