पीसविन सेभ द चिल्डेनले दियो युवालाइ फोटोसप सम्बन्धि तालिम

  मूलधारपोष्ट  80 पटक हेरिएको

बाजुरा । पीसिव, सेभ द चिल्डेन युवा सशक्तिकरण बुलगारी परियोजनाद्धारा सञ्चालित जिल्लाका तीन वटा स्थानिय तहका युवा सुचना केन्द्रका व्यबस्थापकहरुलाई एक हप्ते फोटोसफ सम्बन्धी तालिम मार्तडीमा सपन्न भएको छ ।

बडीमालिका नगरपालिका , त्रिवेणी नगरपालिका र बुढिगंगा नगरपालिकामा संचालनमा रहेको युवा सशक्तिकरण बुलगारी परियोजना द्धारा संचालित युवा सुचना केन्द्रलाई थप व्यवसायी र व्यबस्थित तरिकाबाट लैजान युवा सुचना केन्द्रका व्यबस्थापकहरुलाई एक हप्ते फोटोसफ सम्बन्धी तालिम दिइएको सेभ द चिल्डेन कार्यक्रम अधिकृत पे्रम पुनले जानकारी दिनुभएको छ ।

पीसविन बाजुरा, युवा सशक्तिकरण बुलगारीको परियोजनाको आयोजनामा सेभ द चिल्डेनको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त सात दिने (एक हप्ते) फोटोसफ सम्बन्धी तालिम संचालन गरिएको युवा सशक्तिकरण बुलगारी परियोजना कार्यक्रम अधिकृत धर्म रोकायाले बताएका छन । छोटो समयमा सुचना केन्द्रबाटै फोटो खिच्ने र प्रिन्ट गर्न सकुन र सुचना केन्द्रलाई थप व्यबसायिक बनाउने उद्देश्यका साथ सो एक हप्ते तालिम राखिएको सेभ द चिल्डेन कार्यक्रम अधिकृत पुनले बताएका छन ।

एक हप्तका अलि छोटो समय भए पनि फोटो खिच्ने र सुचना केन्द्रबाटै युवा,महिला तथा बालबालिकालाई सेवा दिन सजिलो भएको बडिमालिका युवा सुचना केन्द्रका व्यबस्थापक जय बहादुर रावतले बताएका छन । यसरी व्यवसायिक बनाउनमा युवा सशक्तिकरण बुलगारी परियोजनाको ठुलो सहयोग रहेको र आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको तालिममा सहभागीहरुको भनाई रहेका थियो । जिल्लाका तिन वटै सुचना केन्द्रका व्यबस्थापकहरुको उपस्थितीमा प्रशिक्षक महादेब खड्का द्धारा मार्तडीमा रहेको स्काई प्रिन्र्टसमा उक्त तालिम फागुन १९गतेबाट २५ गते सम्म संचालन गरियो हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार