द गर्ल अन द ट्रेन’का कारण चर्चामा अभिनेत्री परिणीति

  पत्रपत्रिका खबर  418 पटक हेरिएको

बलिउड अभिनेत्री परिणीति चोपडा अहिले आफ्नो नयाँ फिल्म ‘द गर्ल अन द ट्रेन’का कारण चर्चामा छिन्। यो फिल्म नेटफ्लिक्समा रिलिज भएको हो। फिल्ममा उनको अभिनयको निकै तारिफ भइरहेको छ। यसबीच परिणीतिको एउटा अन्तर्वार्ता निकै भाइरल भइरहेको छ।

यो अन्तर्वार्तामा उनले आफ्नो व्यक्तिगत जीवनबारे खुलेर कुरा गरेकी छन्। नेटफ्लिक्सको आधिकारिक इन्स्टाग्रामबाट परिणीतिको भिडियो सेयर गरिएको छ जसमा उनले आफ्नो    व्यक्तिगत जीवनसँग जोडिएका तथ्य सार्वजनिक गरेकी छन्। भिडियोमा उनले आफू अहिलेसम्म डेटमा नगएको खुलासा गरेकी छन्।

१८ वर्षको उमेरमा आफूले कसैलाई चुम्बन गरेको पनि उनले बताएकी छन्। अन्नपुर्ण पोष्टमा खबर छ । परिणीतिले ‘द गर्ल अन द ट्रेन’बाट डिजिटल डेब्यु गरेकी हुन्। फिल्ममा उनको साथमा अदिति राव हैदरी, कीर्ति कुल्हारी र अविनाश तिवारीले अभिनय गरेका छन्। फिल्मको निर्देशन रिभु दास गुप्ताले गरेका हुन्। फिल्म यही नाममा रिलिज भएको हलिउड फिल्मको रिमेक हो।

यो पनि -चितुवाले दैनिक घरपालुवा जनावर गोठबाटै लगेर खान थालेपछि शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरका बासिन्दा निकै चिन्तित भएका छन्। गाउँजजिकैको लक्ष्मी मध्यवर्ती सामुदायिक वनबाट राति आउने चितुवाले स्थानीय बासिन्दाका गोठमा बाँधेका जनावर खान थालेको छ।

बाख्रा, बङ्गुर र गाईलगायतका जनावर चितुवाले खान थालेको परदेशी चौधरीले बताए। उनका अनुसार दुई साताको अवधिमै चितुवाले स्थानीयवासीको गोठमा बाँधेका एक दर्जनभन्दा बढी बङ्गुर र बाख्रा खाएको छ।“गाउँका बासिन्दाले पालेका कुकुरसमेत बाँकी राखेको छैन”, उनले  भने “राति कुन बेला आउँछ, पत्तो लाग्दैन।

सामुदायिक वन छेउमा खाएको अवशेष मात्रै फेला पार्छौँ।” गए राति मात्रै ३५ हजार हालेर खरिद गरेको जर्सीगाई चितुवाले गोठमै छिरेर मारेको अवस्थामा फेला परेको स्थानीयवासी धनबहादुर चौधरीले बताए। “चितुवाका कारण निकै नोक्सानी व्यहोर्नुपरेको छ, यसलाई नियन्त्रण नगरे मानवीय क्षतिसमेत निम्त्याउन सक्छ”, उनले भने।

चितुवाको डरका कारण रातिको समय गाउँका बासिन्दाले हिँडडुलसमेत बन्द गरेका छन्। “दैनिक गाउँमै छिरेर घरपालुवा जनावर मारेर खान थालेको छ”, अशोक चौधरीले भने, “स–साना बालबालिकालाई समेत आक्रमण गर्ने सम्भावना भएकाले निकै त्रसित भएका छौँ। गाउँमा चितुवाको त्रासले बस्न नसकिने अवस्था आउन थालेको छ।”

सामुदायिक वन संरक्षण गरी उपभोक्ताले हराभरा बनाएपछि चितुवालगायतका जनावर आउन थालेका हुन्। सम्बन्धित निकायसँग यस क्षेत्रका बासिन्दाले चितुवा नियन्त्रण गरी मानवीय क्षति हुनबाट जोगाउनका लागि माग गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार