केपी अोली र उपेन्द्र यादवबीच यतीसम्म कुरा भएको रहेछ ? कान्तिपुर अन्तरवार्ता

  मूलधार सम्वादाता  422 पटक हेरिएको

काठमाडाैं-  राष्ट्रिय सभा निर्वाचन, एकल संक्रमणीय वा बहुमतीय कुन विधिबाट गर्ने भन्नेमा दलहरु विभाजित छन् । राष्ट्रिय सभा निर्वाचन सम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा थन्किएको छ ।

सरकार गठनका लागि राजनीतिक समिकरण बनाउन विभिन्न कोणवाट प्रयास भैरहेका छन् । आर्थिक समृद्धी र राजनीतिक स्थीरताको नारा लिएर निर्वाचनमा होमिएको बाम गठबन्धनमा एकाएक चिसो पसेको भान हुन्छ । पार्टी एकता संयोजन समितिको बैठक बस्न सकेको छैन ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्ष तर्फको मत परिणाम सार्वजनीक भएको दुई साता वढी हुदा समेत सरकार गठन प्रकृया अन्यौलमा छ । राष्ट्रिसभा निर्वाचन कानून सम्बन्धी अन्यौलका कारण संघीय र प्रादेशिक संसदको अधिवेशन कहिले हुने टुंगो छैन ।

गठवन्धन बनाएर निर्वाचनमा गएका दुई ठूला कम्युनिष्ट दलहरु विच पार्टी एकीकरण र सरकार गठनका विषयमा ठोस सहमति हुन सकेको छैन ।

यही सेरोफेरोमा सरकार गठनका लागि आवश्यक वहुमत पु¥याउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसंग सम्वाद वढाउनु भएको छ । यादवको दलले समर्थन गरे एमालेको नेतृत्वमा वहुमतको सरकार वन्न सकने सम्भावना पनि छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको वातावरण वनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका फोरम अध्यक्ष यादव स्पष्ट वक्ताका रुपमा चिनिनुहुन्छ ।

विगतमा उपप्रधान तथा परराष्ट्र मन्त्रीका रुपमा अनुभव समेत सम्हाली सकेका यादवसंग  वाम गठवन्धनको वहमुत हुदा हुदै पनि सरकार गठनमा किन ढिलाई भएको छ ?

राजनीतिक गतिरोध अन्त्यका लागि राष्ट्रिय राजनीतिका अन्य शक्तिको भूमिका के रहन्छ ? देशले नया“ सरकार कहिले पाउ“छ ?

राजनीतिक स्थीरता र समृद्धिको नारासहित वहुमत पाएको वाम गठबन्धन भित्र पार्टी एकता र सरकार गठन वारे ठोस सहमति हुन ढिलाई हुनुको पछि राष्ट्रिय अन्तराष्ट्रिय कारण पनि छन् ?

आजको कार्यक्रमको  अतिथि फोरम अध्यक्ष यादवसंग यी र यस्तै प्रश्नको जवाफ खोजिएको छ ।

पूर्ण जानकारी पाउनको लागि यो भिडियो अनिवार्य सुन्न आवश्यक छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार