आजको देशभरको माैसम विवरण

  मूलधारपोष्ट  134 पटक हेरिएको

काठमाडाैं । आज देशका गण्डकी प्रदेश , लुम्बिन प्रदेश,  कर्णाली र सुदुरपश्चिम प्रदेशहरुका पहाडी भू-भागहरुको थोरै स्थानहरुमा तथा वागमती र प्रदेश १ का एक वा दूई स्थानहरुमा मेघ गर्जन सहित चट्टयाङ सम्भावना रहेको छ भने कुनै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको केही उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। हाल सुदुरपश्चिम प्रदेशका साथै देशका पश्चिमी पहाडी भूभागहरूमा पूर्ण बदली रहि अन्य पहाडी सामान्य बदली रहेको छ। देशका बाँकी भूभागहरूमा आंशिक बदली रहेको छ।

आज दिउँसो सुदुरपश्चिम प्रदेश का साथै देशका पहाडी भूभागहरुमा सामान्य बदली रहि बाँकी भूभागहरूमा आंशिक बदली रहने छ। यस्तै आज राती देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको पहाडी भूभागहरुको एक वा दुई स्थानहरुमा मेघ गर्जनरचट्टयाङ सहित वर्षा को सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान-
फाल्गुन २४ गते (सोमबार)-दिउसोको समयमा सुदुरपश्चिम प्रदेश का साथै देशका पहाडी भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुका पहाडी भू-भागहरुको थोरै स्थानहरुमा तथा वागमती र प्रदेश १ का एक वा दूई स्थानहरुमा मेघ गर्जन/चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको केही उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। भने रातीको समयमा देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको पहाडी भू-भागहरुको एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्टयाङ सहित वर्षा को सम्भावना रहेको छ ।

फाल्गुन २५ गते (मंगलबार)-दिउँसो : देशका पहाडी भू-भागहरुमा आंशिक बदली रहि बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी, वागमती र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै रातीको समयमा देशका पहाडी भू-भागहरुमा आंशिक बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भू-भागहरुको एक वा दुई स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षा को सम्भावना रहेको छ।

फाल्गुन २६ गते (बुधबार)-दिउँसो देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ। देशका पहाडी भूभागका एक वा दूई स्थानहरुमा मेघ गर्जन/चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । र रातीको समयमा देशका पहाडी भू-भागहरुमा आंशिक बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागहरुको एक वा दुई स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षा को सम्भावना रहेको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार