प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने यस्तो छ तयारी

  पत्रपत्रिका खबर  194 पटक हेरिएको

काठमाडाै‌ै । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले आज बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । हिजो बसेको सो समूहको संसदीय दलको बैठकपछि एक सांसदले अविश्वासको प्रस्ताव गर्ने तयारी गरेको बताएका छन्।

वरिष्ठ नेता झलनाथ खनालले आफ्नो पक्षमा १ सय ११ जना सांसदले स-शरीर उपस्थित भएर हस्ताक्षर गरेको जानकारी दिए । आफ्नो पक्षमा ११५ जना सांसद रहेको र विभिन्न कारणबस योगेश भट्टराई, कृष्णबहादुर महरा, चक्रपाणी खनाललगायत चार जना सांसद भने हिजो अनुपस्थित रहेको पनि बताए ।

बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता पनि चयन गरेको छ । सिंहदरबारमा जेष्ठ सदस्यको हैसियतले झलनाथ खनालको अध्यक्षतामा बसेको हिजोको बैठकले विधिवत रुपमा संसदीय दलको नेता परिर्वतन गरेको हो। संसदीय दलको नेता चयन भएपछि प्रचण्डले सबै सांसदहरुलाई धन्यवाद दिएका थिए ।

‘प्रचण्डले केपी ओली पक्षमा रहेका सांसदहरुलाई पनि आफ्नो दलमा आउन आग्रह गरे । संसदीय दलको नेता चयन भएपछि बैठकलाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन् । प्रचण्डले आफनो पक्षमा स्पष्ट बहुमत रहेको बताउँदै केपी ओली पक्षमा रहेका सांसदहरुलाई पनि यहि संसदीय दलमा आउन आग्रह गरे । अध्यक्ष प्रचण्डले केही अरु सांसदहरु पनि यहि संसदीय दलमा आउन चाहेको उल्लेख गरे । रातोपाटीबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार