नेत्र विक्रम चन्द २ बर्ष पछि सार्वजनिक हुने

  पत्रपत्रिका खबर  95 पटक हेरिएको

काठमाडाै‌ं । बि‍स २०७४ सालको संघीय निर्वाचन अघि देखि सार्वजनिक रुपमा देखा नपरेर भूमिगत रुपमा रहँदै आएका नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव आज दिउसो सार्वजनिक हुने भएका छन् । दलाल पूजीवादी राज्य सत्तालाई विघटन गरी वैज्ञानिक समाजवाद निर्माणका लागि भन्दै एकीकृत जनक्रान्तिको कार्यदिशा लिएर अघि बढेको नेकपाका महासचिव चन्द २ बर्ष पछि आज सार्वजनिक हुने भएका छन् ।

सरकारले २०७५ साल फागुण २८ गते प्रतिवन्ध लगाए पछि सार्वजनिक रुपमा देखा नपरेका विप्लव सरकारसँग सम्झौता भए पछि आज सार्वजनिक हुन लागेका हुन् । आज दिँउसो २ बजे राष्ट्रिय सभागृहमा एक बिशेष कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव विप्लवले संवोधन गर्नेछन् ।

यस अघि हिजो भएको तीन बुदे सहमति पछि जारी विज्ञप्ति अनुसार हिंशात्मक गतिविधि छाडेर नेकपा शान्तिपूर्ण राजनीतिमा आउने,सरकारले लगाएको प्रतिवन्ध फुकुवा गर्ने, बन्दीहरु रिहाई गर्ने, मुद्धा खारेज गर्ने लगायतका बिषयमा सम्झौता भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार