बैवाहिक बर्षगाँठ मनाउन माल्दिभ्स पुगिन प्रियंका

नेपाली अभिनेत्री प्रियंका कार्की आफनो जन्मदिन र वैवाहिक वर्षगाँठ मनाएकी छन्। आफ्नो जन्मदिनकै दिन गत वर्ष आयुष्मान देशराज जोशीसँग विवाह गरेकी प्रियंकाले माल्दिभ्समा जन्मदिन र वैवाहिक वर्षगाँठ मनाएकी हुन्। प्रियंका केहि दिन देखि माल्दिभ्समा छिन्।

जन्मदिन र वैवाहिक वर्षगाँठ मनाउन माल्दिभ्समा उनका पति आयुष्मान पनि सँगै छन्। जन्मदिन र वैवाहिक वर्षगाँठ मनाउँदै गरेका तस्विरहरु प्रियंकाले सामाजिक संजाल मार्फत सार्वजनिक पनि गरेकी छन्।

तस्विरहरु सार्वजनिक गर्दै प्रियंकाले विवाह भएको एक वर्ष भएको र हरेक दिन सुखद बितेको बताएकी छन्। साथै उनले एक-अर्कालाई साथ दिँदै बुढो हुन आतुर रहेको पनि सामाजिक संजालमा उल्लेख गरेकी छन्। त्यस अगाडी केहि तस्विर सार्वजनिक गर्दै प्रियंकाले आयुष्मान र जन्मदिनको शुभकामना दिने सम्पूर्णलाई धन्यवाद पनि दिएकी थिइन्। 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार