सिलगढीको टुडिखेलमा जे देखियो

  मूलधार पोष्ट  495 पटक हेरिएको
जनप्रतिनिधाका गाडी

राष्ट्रिय सभा निर्वाचनका लागि सिलगढी पुगेका जनप्रतिनिधीका गाडीहरु (फोटो पत्रकार झलक पालीको फेसबुकबाट)

भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकाङ्कमा नेपाल ११ स्थान माथि उक्लियो ।
नेपाल भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकाङ्कमा ११ स्थान माथि उक्लिएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको सन् २०१९ को भ्रष्टाचार अवधारणा सूचाकङ्क (करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई) मा नेपाल गत वर्षभन्दा ११ स्थान माथि उक्लिदै १ सय १३ औँ स्थानमा छ । विश्व बैङ्कसहितका ६ वटा संस्थाले गरेको सर्वेक्षणका आधारमा सीपीआई २०१९ मा नेपालले १ सयमा ३४ अङ्क पाएको छ ।

अघिल्लो वर्ष २०१८ मा नेपाल ३१ अङकसहित १ सय २४ औं स्थानमा थियो । नेपालले भ्रष्टाचारको सूचकाङ्कमा केही सुधार गरे पनि सबै भन्दा बढी भ्रष्टाचार हुने २० मुलुकभित्र परेको छ । १ सय ८० देशमध्ये ९ अङ्क प्राप्त गरी सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा परेको छ । त्यसैगरी ८९ अङ्क प्राप्त गरी डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा कायम रहन सफल भएको छ ।

भ्रष्टाचार अवधारणा सूचकाङ्कमा १ सय अङ्कले अति स्वच्छ र ० ले अति भ्रष्टाचार रहेको जनाउने ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका महासचिव मुकुन्दबहादुर प्रधानले बताउनुभयो । नेपाली सेनामा आएको सदाचारले भ्रष्टाचार न्यून देखिएको रिपोर्टले देखाएको छ ।

अख्तियारको छानविनको दायराबाट बाहिर रहेर पनि उच्च ओहोदाकाले व्यक्तिगत सम्पत्ति सार्वजनिक गर्ने तथा जनशक्ति भर्ना गर्ने क्रममा हुने गरेका आर्थिक अनियमितता लगायत रोकिएकाले रिपोर्टमा केही सुधार देखिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार