कोभिड १९ बिरुद्धको खोप सम्बन्धी अन्तरक्रिया सम्पन्न

  मूलधारपोष्ट  99 पटक हेरिएको

बाजुरा -मार्तडीमा कोभिड १९ बिरुद्धको खोप अभियान सम्बन्धी जिल्ला खोप समन्वय समिति तथा पत्रकारहरुसंगको एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्लामा अब तेस्रो चरणको कोभिड १९ बिरुद्धको खोप अभियान सञ्चालनमा सबैको साथ सहयोग का साथै कोही पनी नछुटन भन्ने हेतुका साथे खोप समन्वय समिति र पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताउनुभएकाे छ।

स्वास्थ्य कार्यालय बाजुराको आयोजनामा संचालन गरिएको कार्यक्रममा तेस्रो चरणमा हुने खोप अभियानमा १८ बर्ष माथीका युवा, शिक्षकहरु, ड्राइभर र बृद्धा बृद्धहरुलाई लगाउने कार्यक्रम रहेको प्रमुख पन्तले बताएका छन ।

तेस्रो चरणमा लगाउने खोपका लागि ६९ वटा केन्द्रबाट सेवा दिने र १८ हजार ८ सय ८९ जनालाई खोप लगाइने बताएका छन । सो अभियानमा यस अघिको पहिलो र दोस्रो चरणमा छुटेका स्वास्थ्यकर्मी सुरक्षा कर्मीलाई पनी सो अभियानमा समेटिने सो अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय प्रमुखले बताएका छन ।

खोप समन्वय समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेको अध्यक्षतामा संचालन भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकाया प्रमुख अतिथि रहेका थिय । कार्यक्रमा जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र बिश्वकर्मा, जिल्ला शिक्षा समन्वय अधिकारी सुरक्षा निकायका प्रमुख जिल्ला स्थित भिभिन्न संचारमाध्याममा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार