न त भयो मलजल न त शितलु नै

  रीता शाही रीतु  241 पटक हेरिएको
तिम्रो माया मलाई होइन

-रीता शाही रीतु
अदृश्य छन् हृदयका, चोटहरू सानु ।
नमेटिने बनेका छन् , खोट हरु सानु ।।

न त भयो मलजल न त शितलु नै ।
फूलेर सुकी सक्यो, बोटहरू सानु! !

तिम्रो माया मलाई होइन उस्लाई रहेछ ।
कमी पनि भयो होला नोट हरु सानु ?

अगतिलो जग बनेछ पीरतीको घरलाई ।
घर न बन्दै भत्किएछन गोठ हरु सानु ।।

यात्रा कठिन, बाटो लामो जिन्दगीको मेरो ।
भिरको बिचमा बनेका छन् , रोड हरु सानु !!

तिमी पनि सुन्दर नै छौ सारा यहाँ लठ्ठ ।
तिम्रो लागि चले बाजी होड हरु सानु ।।

गन्तव्य पुग्ने यात्रा सहज थिएन हेर ।
ठक्कर मात्र खाने आए मोड हरु सानु ।।
-बाजुरा ,नेपाल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार