यस्ती ‌थिइन् मोडेल स्वर्गिय बिना थापा (फोटो हेर्नुहोस् )

  मूलधार सम्वादाता  1556 पटक हेरिएको

काठमाडाैं-  काठमाण्डौंमा कलाकारिता क्षेत्रमा क्रियाशिल कलाकार विना थापाको आज दिउँसो काठमाण्डौकै वत्तीस पुतलीमा सडक दुर्घटनामा परी ज्यान गएको छ ।

बा २ ख ८९४ नम्वरको पानी ट्याङीले ठक्कर दिदा बा ५५ प १३८७ नम्वरको स्कुटरमा सवार गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर २ जलजले २७ बर्षीय विनाको ज्यान गएको हो । गम्भीर घाईते भएकी उनको उपचारका क्रममा विर अस्पतालमा मृत्यु भएको हो ।

थापा स्टेज प्रोग्राम तताउने नृत्याङक र मोडलिङ्गका लागि स्थापित चलेकी कलाकार थिईन । उनि रामप्यारी नेपाली चलचित्रमा अभिनय पनि गरेकी थिईन । उनले अभिनय गरेको अर्को एक चलचित्र पनि आउँदै छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार