आमिर खानकी छोरीको चर्चामा आउन यस्तो हर्कत

  पत्रपत्रिका खबर  91 पटक हेरिएको

‘मिस्टर पर्फेक्सनिष्ट’का उपनामले समेत चर्चित बलिउड अभिनेता आमिर खानकी छोरी इरा खानले पनि चर्चामा आउनको लागि अनेकन हर्कत गरेकी छिन् । केही समय अगाडी मात्र इराले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै डिप्रेशनको खुलासा गरेकी थिइन् । पछि फेरि आफ्नै बुबाको जिम ट्रेनरसँग प्रेममा रहेको खुलासा गरेको थिइन् ।

यस्तै फन्डा गर्ने क्रममा इराले जंगलमा केही फोटोसुट गरेकी छिन् । इन्स्टाग्राममा ३ लाख ८१ हजार भन्दा बढी फ्लोअर्स कमाएकी इरालाई चर्चामा आउनकै लागि अनेकन हर्कत गर्ने गरेको प्रतिक्रया आउने गरेको छ । इरा आमिर खान र उनकी जेठी श्रीमती रिना दत्ताकी सन्तान हुन् ।

आमिर र रीनाले सन् १९८६ मा विवाह गरेका थिए । इराबाहेक दुबैका जुनैद नामका छोरा पनि छन् । सन् २००२ मा आमिर र रिनाको सम्बन्धविच्छेद भयो । सन् २००५ मा आमिरले किरन रावसँग दोस्रो विवाह गरे । यी दुईले सन् २०११ मा आजाद नामका छोरालाई सरोगेसीमार्फत् जन्म दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार