राजीनामा नदिने अडानमा प्रम ‍‌ओली

  मूलधारपोष्ट  176 पटक हेरिएको

काठमाडाै‌ । मन्त्रिपरिषद्ले २३ गते संसद बैठक बस्ने गरी अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । २३ गतेअघि प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएनन् र बीचमा कुनै नाटकीय सहमति भएन भने राजनीतिक झन् अन्योलग्रस्त हुने बताएको छ । संसद् अधिवेशन सुरु हुनु अघि प्रधामन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए बैठकमा यो विषय सशक्त रुपमा उठ्ने आकलन गरिएको छ । राजीनामाको विषयले संसद् बैठक अवरुद्ध हुने अवस्था आउन सक्ने देखिन थालेको छ ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सर्वोच्च अदालतले यस अघीनै बदर गर्दै पुनः स्थापना गरेपछि नैतिकताको आधारमा उनले राजीनामा दिनुपर्थ्यो । तर, ओलीले राजीनामा नदिने हठ लिएका छन् । आफूलाई काम गर्न नदिएको भन्दै उनले प्रतिनिधिसभा विघटन गरेका थिए ।

यता नेकपाको पुष्प कमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहले प्रतिनिधिसभा विघटन गरी प्रतिगमनकारी काम गरेको भन्दै प्रधानमन्त्री केपीशर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने तयारी समेत गरेको छ । ओलीले आत्मालोचना गरेमात्र उनीसँग सहकार्य हुन सक्ने दाहाल–नेपाल समूहले बताएको छ । तर ओली कुनैपनि हालतमा आत्मालोचना गर्ने पक्षमा पनि छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार