सुदूरपश्चिमकै पहिलो महिला सहायक सीडिओ

  पत्रपत्रिका खबर  86 पटक हेरिएको

बैतडी । जिल्लाको चेली किरण जोशी सुदूरपश्चिमकै पहिलो महिला उप सचिब सहायक सीडिओ बन्न सफलहुनु भएको छ । उहाँ सुदूरपश्चिमबाट खुलाप्रतिस्पर्धाबाट उप सचिवपदमा पास हुने पहिलो महिला पनि हुनुुहुन्छ । गृह मन्त्रालयले जोशीलाई डोटी जिल्लाको सहायक सीडिओका रुपमापदस्थापना गरेपछि उहाँ सोमबार डोटी जिल्लाप्रशासनकार्यालयमाहाजिर हुनु भएको छ । आफू जन्मेकै प्रदेशमा बसेर देश र जनताको सेवागर्ने अवसर पाएको मा खुशी लागेको जोशीले बताउनुभयो ।

सुदूरपश्चिम बसुन्जेल जनभावना अनुसार कामगर्ने उहाँले प्रतिबद्धता जाहेर गर्नुभएको छ । उहाँलाई डोटीका प्रमुखजिल्लाअधिकारी भीमप्रसाद भट्टराई लगायत जिल्ला प्रशासन कार्यालयका कर्मचारीले स्वागत गर्नुभएको छ । गृह मन्त्रालयको माघ २८ गतेको निर्णय अनुसार डोटी जिल्लाको सहाय सीडिओमा पदस्थापना गरेपछि हाजिर भएको किरण जोशीले बताउनुभयो ।

यसअघि उहाँ रोल्पा जिल्लाको निर्वाचन कार्यालयको निर्वाचन अधिकारी हुनुहुन्थ्यो । २०६१ साल साउन १ गते खरिदार पदबाट निजामति सेवामा प्रवेश गर्नु भएकी किरण जोशीले २०६२ मा नासु, २०६७ सालमा शाखा अधिकृत र २०७७ माघ १४ गते खुला प्रतिस्पतार्धाबाट उप सचिव पदमा पास हुनु भएको हो ।

किरण जोशी जनप्रशासन विषयमा स्नातकोत्तर र कानुनमा स्नातक हुनुहुन्छ । उहाँले लोकसेवा सम्बन्धी पुस्तक समेत लेख्नु भएको छ । हाल सम्म खरिदार, उप सचिव र सह सचिव स्तरको करिब ४० वटा लोक सेवा तयारी किताब समेत लेखिसकेको उहाँले बताउनुभयो । निजामति सेवामै रहनु भएका श्रीमान सिद्धराज जोशीसँग सयुक्त रुपमा पुस्तक लेखेको उहाँले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार