१ करोड बढि नगद चोरी प्रकरणमा कांग्रेसका नेता पक्राउ

  मूलधार पोष्ट  596 पटक हेरिएको

कैलाली । भारतको राजधानी नयाँ दिल्लीमा एक करोड बढि नगद चोरी प्रकरणमा संग्लन रहेको भन्दै नेपाली कांग्रेसका नेता पक्राउ परेका छन् । प्रकाउ पर्नेमा बाजुराको बुढीगंगा नगरपालिका वडा नं‌ २ डुंग्री घर भएका काँग्रेस नेता पदम नेपाली कैलालीबाट पक्राउ परेका हुन् । दिल्लीका विशेश्वर अग्रवालको कार्यालयबाट एक करोड चार लाख बढी नगद र गरगहना चोरी घटनामा संग्लन रहेको भन्दै नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । नेपाली लामो समयदेखि प्राविधिक शिक्षालय र तयारी कक्षा सञ्चालन गरेर धनगढीमा बस्दै आएका थिए ।

उनी नेपाली कांग्रेसको भातृ संगठन दलित संघका पूर्व केन्द्रिय सदस्य हुन् । उनले कैलालीको धनगढीमै ईन्स्ट्यिुट समेत सञ्चालन गर्दै आएका छन् । उक्त घटनामा ६५ लाख भारतीय रुपैँया नगद सहित तीन जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । गौरीगंगा– २ की बिन्दा थापा, बाजुरको बुढिगंगा –१ घर भएका २९ बर्षीय जयसिंह थापा र उनकी श्रीमती मनाकुमारी खड्कालाई प्रहरीले पक्राउ गरेको थियो ।

दिल्लीबाट जहरसिंह थापाले चोरी गरेपनि योजनामा काँग्रेस नेता नेपाली सहीतको संलग्नता रहेको प्रहरी श्रोतको दाबी छ । उनीहरुलाई संरक्षण गर्ने कार्यमा नेपालीले भुमिका खेल्दै आएको देखिएपछि पक्राउ गरेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहर िनायव उपरिक्षक दक्षकुमार बस्नेतले बताएका छन् । उनले विगतमा पनि चोरीमा संलग्नको बचाउ गर्ने गरेको रहस्य खुलेको बुझीएको छ ।

प्रहरीले बिन्दा थापाको कच्ची घरमा रहेको कोठा भित्र खटियामुनी खाल्टो खनेर टिनको बाकस भित्र प्लाष्टिक र कपडामा बेरी राखेको अवस्थामा ६५ लाख भारतीय रुपैँया बरामद गरेको थियो । घटनामा संग्लन अन्यको समेत खोजी भईरहेको प्रहरीले जनाएको छ । मुख्य अभियुक्त भनिएका जहरसिंह थापाले यस अघिपनि चोरी कार्यमा संलग्न रहेको तथ्य समेत प्रहरीले फेला पारेको दाबी गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार