प्रहरी र जनप्रतिनिधी मिलेर भत्काए छाउ गोठ

  मुलधारपोष्ट  453 पटक हेरिएको

बाजुरा । छाउगोठ भत्काउन जनप्रतिनिधी र प्रहरीले सक्रियता बढाएको छ । कानुनी रुपमा अवैध कार्य भनिएपनि गाउँमा अझै छाउगोठ कायमै राखिएको पाईएपछि जनप्रतिनिधी र स्थानीय प्रहरी प्रशासनले भत्काउन थालेको हो । आइतबार र सोमबार दुई दिनमा मात्र ४२ वटा गोठ भत्काईएको छ । छाउ कुप्रथाको अन्त्यको पहल स्वरुप छाउ गोठ भत्काउने र सामाजिक सचेतना दिने कार्यमा लागि परेको प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताएका छन् ।

छाउगोठ भत्काउन जिल्ला सदरमुकाम मार्तडी रहेको बडिमालिका नगरपालिकाबाटै सुरु गरिएको छ । गएको वर्ष बुढीनन्दा नगरपालिका ९ पाण्डुसैनमा अम्मा बोहरा सहीत तीन आमा छोराको मृत्यु पछि सुरु गरिएको गोठ भत्काउने अभियान बीचमा रोकिएको थियो । गोठ भन्दा मन भत्काउन प्रयास जारी राखेपनि लुकीछिपी अझै गोठमा बस्ने चलन नहटेको पाईएपछि जबरजस्त गोठ भत्काउन थालिएको बडिमालिका ८ का वडा अध्यक्ष प्रकाश रावलले बताउनुभएको छ ।

वडा अध्यक्ष रावल सहीत प्रहरी अन्य सरोकारवाला निकाय सहीतको टोलीले मार्तडी रतुडाका ५ वटा गोठ भत्काएका छन् । रावल सहीत प्रहरी निरीक्षक दानबहादुर रोकाया लगायत गोठ भत्काउन सक्रिय छन् । आज फेरी बडिमालिका ७ मा रहेका सबै गोठ भत्काउने गरि प्रहरी र वडा कार्यालय लागि परको छ । प्रत्येक टोलमा पुगेर छाउगोठ भत्काउने७ नम्बर वडाका अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् । बडिमालिका नगरपालिका ७ सहीत, ६, ५ र १ मा बढी छाउ गोठ रहेका छन् । जिल्लाभरी ३ सय बढी छाउ गोठ रहेको बताईएको छ । गएको वर्षमात्र बडिमालिका ३ रजालीलाई जिल्लाकै पहिलो छाउगोठ मुक्त वडा घोषणा गरिएको थियो ।

माघ भित्रै ९ नम्बर वडालाई पनि घोषणाको तयारी थालिएको वडा अध्यक्ष विनोद कुमार विकले बताएका छन् । गोठ छैनन्, सबै घरमै बस्ने गरेको सर्वपक्षिय अनुगमनपछि भेटिएकोले माघ भित्रै घोषणा गर्न लागिएको अध्यक्ष विकले थपे । यस अघि जिल्ला प्रहरी कार्यालय बाजुराले जिल्ला व्यापी गोठको संख्या एकीन गर्ने र भत्काउने अभियान थालेको थियो । भत्काइएका गोठहरु पनि पुन निर्माण गर्ने र थाहै नदीने गरि महिलाहरुले साझा छाउ गोठ बनाएर बस्ने गरेको तथ्य भेटिएपछि प्रहरी र जनप्रतिनिधीले कडा निगरानी गरेका छन् ।

सुक्ष्म रुपमा अध्ययन गरेर जिल्ला भरिका गोठको संख्या यकीन गर्ने र सम्झाएर आफैले नभत्काएर प्रहरीले नै भत्काउने तयारी गरेको छ । कस्को र कहाँ रहेको भन्ने बारे हामी कसैलाई जानकारी दिँदैनौं, जस्को हो, स्वयम परिवारलाई मात्र जानकारी गराउँछौं, नमाने सार्वजनिक गर्ने र सबैको रोहबरमा भत्काउने कार्यालय प्रमुख समेत रहेका प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टाराईले जानकारी दिनुभएको छ ।
अमानवीय कार्य र कानुन विपरित कार्यलाई प्रहरीले हेरेर बस्न नसक्ने भट्टाराईको भनाई छ ।

सामान्य हो, विस्तारै सचेतनाबाटै अन्त्य हुन्छ भन्ने लाग्थ्यो, पाण्डुसैनको घटनाले धेरै सोच्न बाध्य बनायो, सिंगो परिवार नै गुमाउनु पर्ने पीडा अब अरुले सहनु नपरोस भन्ने मान्यताले कठोर कदम चाल्नु परेको बडिमालिका नगरपालिका प्रमुख पदम बडुवालले बताउनुभएको छ। छाउपडी प्रथालाई पहिलो पटक ‘मुलुकी अपराध संहिता विधेयक, २०७४’ले फौजदारी अपराध भनेको छ । छाउपडी बस्न बाध्य गराउनेलाई तीन महिनाको कैद र जरिवानाको व्यवस्था ऐनमा छ । गृह मन्त्रालयले पनि ताकेता गरेरै गोठ भत्काउन भनेका छन् ।

उच्च हिमाली भू–भागमा हिमपात,चिसोले जनजीवन नराम्रोरी प्रभावित
जिल्लाका उच्च भ–ूभागमा पुनः हिमपात र अन्य ठाउँमा भारी बर्षा भएको छ । हिमपातका कारण चिसो बढेको छ । हिमाली क्षेत्रमा परेको भारी हिमपातका कारण चिसोले दैनिक जनजीवन नराम्रोरी प्रभावित बनेको छ । सोमबार साँझ देखि सदरमुकाम सहित आसपासका हिमाली भेगमा हिमपात र जिल्लाको तल्लो क्षेत्रमा पानी परेको छ । तेस्रो पटक हिमपात भएसँगै जिल्लामा चिसो बढेको छ । हिमपातपछि कोल्टी एयरपोर्ट बन्द भएको छ ।

स्थानीय बजारहरु पनि बन्द छन् भने ग्रामिण क्षेत्रमा आवत जावत रोकिएको छ । हिमाली क्षेत्रका गाउँमा परेको भारी हिमपातले एकगाउँ देखि अर्को गाउँसम्मको सम्पर्क टुटेको छ । हिमपातसँगै बढेको चिसोका कारण हिमाली क्षेत्रमा रहेका विद्यालय बन्द गरिएका छन् ।
बजार पसलहरु पनि पूर्ण रुपमा बन्द भएका छन् । चिसोले खुला स्थानमा बसोबास गर्ने भोट जनजातिलाई निकै सास्ती भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार