१ वर्षको बजेट ४ महिनामै झ्याम पार्ने देउवा टिम, को को हुन नाम सहित

  पत्रपत्रिकाबाट  472 पटक हेरिएको

 काठमाडाैं-  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रीहरूको जिल्ला अनुगमन भ्रमणका लागि छुट्याएको बजेट पहिलो चौमासिकमै सकिएको जनाएको छ । एक वर्षका लागि अनुगमन भ्रमण शीर्षकमा छुट्याएको बजेट चार महिनामै सकिएपछि अर्थ मन्त्रालयसँग थप एक करोड २० लाख रुपैयाँ माग गरेको छ ।

चालू आर्थिक वर्षका लागि सरकारले अनुगमन तथा मूल्यांकन खर्च शीर्षकमा एक करोड ३० लाख रुपैयाँ छुट्याएको थियो । त्यसमध्ये एक करोड २९ लाख ३२ हजार रुपैयाँ खर्च भइसकेको छ । २९ लाख बराबरको बिल स्वीकृत भइसकेको र बजेट अभावमा भुक्तानी नभएको मन्त्रिपरिषदको कार्यालयको भनाइ छ ।

यस्तै, करिब पाँच लाख बराबरको बिल स्वीकृत हुने प्रक्रियामा रहेको छ । मन्त्रिपरिषद्को कार्यालयसँग अब अनुगमन भ्रमण शीर्षकमा ६७ हजार तीन सय रुपैयाँ मात्र बजेट बाँकी रहेको जनाएको छ ।
कुन मन्त्रीले कति खर्च गरे ?

प्रधानमन्त्री, उनका सुरक्षाकर्मी र सचिवालयसहित जम्मा : ६२ लाख ३९ हजार ८६४ रुपैयाँ
विजयकुमार गच्छदार (स्थानीय विकास) : ४,८९,०३०
गोपालमान श्रेष्ठ (शिक्षा) : ६१,८५०
गिरिराजमणि पोखरेल (स्वास्थ्य–विनाविभागीय) : ३,५०,४३०
ज्ञानेन्द्रबहादुर कार्की (अर्थ) – २,४७,७००
फरमुल्लाह मन्सुर (श्रम) – १,५५,५३८
प्रभु शाह (सहरी विकास– विनाविभागीय) : ८७,८२०
सुनीलबहादुर थापा (उद्योग) : २,१४,५००
दिलनाथ गिरी (सहरी विकास) : २,४४,५७५
जितेन्द्र देव (पर्यटन तथा नागरिक उड्डयन) : ३,६३,१००
गोपाल दहित (भूमिसुधार तथा व्यवस्था) : ३,२१,५७०
मोहनबहादुर बस्नेत (सञ्चार) : १३०५५०
रामकृष्ण यादव (कृषि विकास) : १०६२००
महेन्द्र यादव (खानेपानी तथा सरसफाइ) : ६१४०००
अम्बिका बस्नेत (सहकारी तथा गरिवी निवारण) : १०२५०
वीरबहादुर बलायर (भौतिक पूर्वाधार तथा यातायात) : १७४३५०
मीनबहादुर विश्वकर्मा (वाणिज्य) : १८४४००
यज्ञबहादुर थापा (कानुन) : १०२४००
भीमसेनदास प्रधान (रक्षा) : ९२५०
सञ्जयकुमार गौतम (सिँचाइ) – २४३०५०
राजेन्द्रकुमार केसी (युवा तथा खेलकुद) : १६३२५०
टेकबहादुर बस्नेत (सामान्य प्रशासन – विनाविभागिय ) – १५०७५०
शिवकुमार मण्डल (आपूर्ति–विनाविभागीय) : २८४६००
महेन्द्रबहादुर शाही (ऊर्जा–विनाविभागीय) : ९००००
आशा कोइराला (महिला बालबालिका तथा समाजकल्याण– विनाविभागीय) : १५७९००
सन्तकुमार थारु (पशुपंक्षी– विनाविभागीय) : ३४८०००
मिथिला चौधरी (जनसंख्या तथा वातावरण) : २०४७६०
जयन्त चन्द (आपूर्ति) – २२४९५०
नयाँ पत्रिका

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार