सुदूरको भूस्वर्ग बडीमालीका-अलौकिक प्राकृतिक सौन्दर्यता

  दीपक बहादुर बिस्ट  2087 पटक हेरिएको

बाजुरा । बाजुराकाे बडिमालीका नगरपालीका वडा नं‌ ६ कोर्धमा अवस्थित कोर्धाली गाडबाट जति माथि लाग्दै गयो उति नै बिबिधता युक्त समाज भेट्न सकिन्छ । बढीमालिका प्राकृतिक सुन्दरता को बयान गरेर साध्य नै छैन, जति माथि चढ्दै गयो उति नै खुल्दै जान्छ यहाको सौन्दर्यता | घाम उदायदेखि नअस्ताउनन्जेल प्रकृतिका छटाहाहरुको रुपई बेग्लै हुन्छ | अग्ला पहाड र हरियाली डाडाकाडाले कसलाई नलोभ्याउला र ? प्राकृतिक सौन्दर्यता आफैमा अलौकिक छ ।

बिबिधताले तेसै मान्छे को मन तान्छ कतै खोचहरु छिचोल्दै आफ्नै गतिमा बग्ने नदि त कतै झरना, छिन् छिन् मै लाग्ने घाम र बादलुको घुम्टो, हरिया फाट, पहाडका साथै मनै हर्ने कौतुबमय सुन्दरताले जस्तो सुकै मानिसलाई आफ्नो बसिभुतमा पार्छ |मन र रहर न हो जति माथि उक्लिदै गयो हावा पानी, लवाई खवाई, चाल चलन सबै कुरामा बिबिधता सजिलै देख्न सकिन्छ | बाजुरा जिल्ला भौगोलिक अवस्था र बिकाशका पुर्बधारमा पछाडी परेपनि यसको प्राकृतिक सौन्दर्यता अतुलनीय छ |

जनै पुर्णिमाको अघिल्लो दिन बडीमालीकामा भब्य पुजा हुन्छ । प्रकृतिक सुन्दरता भन्दा पनि यसको धार्मिक आस्था अझ बलियो छ, श्री स्वस्थानी बर्त कथाका अनुसार त्रेता युगमा दक्षप्रजापतिले महायज्ञ लगाउदा भगवान महादेव र सतिदेबी बाहेक सम्पूर्ण देउता हरुलाई निम्तो पठायको र सतिदेबी बिना निम्तो आफ्नो बाबुको महायज्ञमा उपस्थित हुदा दक्षप्रजापतिद्वारा गरियको भगवान महादेवको अपमान सहन नसकी होमकुन्डमा हाम फाली प्राण त्याग गर्दा सोहि मृत शरीर काधमा राखी भगवान महादेवले शंसार घुम्नु भयको र सोहि क्रममा सतिदेवीको दाहिने कुम बडीमालीकामा पतन भयको हुदा मल्लिका (मल्यागिरी) देवी शक्ति पीठको उत्पन्न भयको उल्लेख छ ।

सर्दालु भक्तजनका अनुसार बडीमालिका माईले भक्तजनको मनको इच्छा अनुसारको बर दिने अथवा मनइच्छा पूर्ण गरिदिने विश्वास छ | बडीमालिका नेपालका प्रमुख तिर्थस्थल मध्यको एक हो, यहाँ बिक्रम सम्बत १४२३ अघि स्थापना भयको भगवतीको मन्दिर छ | बडीमालिका क्षेत्र प्राकृतिक रुपमा मात्र सुन्दर छैन यहाँ हजारौको धार्मिक आस्था र विश्वास जोदडीयको छ | प्रयटकीय सम्भावना प्रचुर छन् तर तीनको व्यबस्थित उत्खनन र प्रसार प्रसार हुन सकेको छैन, बाजुरा र कालिकोट जिल्लाको साझा पबित्र स्थल हो ।

बडीमालीका बाजुरा जिल्लाको जडाङ्गा (कोर्ध) बाट करिब तीन दिनको पैदल यात्रा पछि यो मनोरम स्थलमा पुग्न सकिन्छ । प्रतेक बर्सको जनै पुर्णिमामा पुजा लाग्ने भएकाले सर्दालु भक्तजन हरुको बाक्लो भिड हुन्छ, बढीमालीका समुन्द्री सतह बाट करिब ४ हजार २२० मिटर उचाइमा अवस्थित छ । यो क्षेत्रमा हिउदमा सेताम्मे हिउ पर्छ र सधैप जस्तो चिसो सिरेटो चली रहन्छ |

चैत्र देखि अशोज सम्ममा मात्र यो पबित्र स्थलमा पुग्न सम्भव छ, बडीमालीका प्राकृतिक सौदर्य अतुलनीय छ, हरिया घासे मैदान र चिसो बतासले जो कोहीको पनि मन लोभ्याउछ, ठाडो उकालो, भिर पहरा, घाम पानी र चिसो सहदै बडीमालिका मा पुग्दा स्वर्ग पुगेको अनुभूति हुन्छ | देश तथा बिदेश बाट भूस्वर्ग बडीमालिका दर्शन गर्न हरेक वर्ष हजारौ सर्दालु भक्तजनहरु आउने गर्छन । मन छुने बतास, बिशाल पाटन र विभिन्न प्रकारका फुलहरुले तीनको स्वागत गर्छन, यी मनमोहक पाटनहरुमा जति पाइला चल्दै गयो उति रोचक र आनन्द थपिदै जान्छ |

ठुला पाटन, पाटनभरि फुलेका भिभिन्न प्रकारका रङ्गीबिरंगी फूलहरु, चरन क्षेत्रमा डुल्दै रमाउदै गरेका भेडी बथान र दौडिदै गरेका घोडा घोडी का झुण्डले थर्किदै गरेको पाटनमा पैतालाको स्पर्सले जोसुकैको थकान मेटिदै जान्छ । जमिन बाटै उफ्रेर छुउ जस्तो लाग्ने बादल, टाउको माथिबाट हिड्ने घाम र मन छोयर जाने चिसो बतासले सबैलाई एक पल अर्को संसारमा पुर्याउछ र मन तेसै चंचल बन्छ | पद यात्री शाररिक थकान मार्दै ठाउँ ठाउमा आराम गर्दै आफुले ल्यायका खानेकुरा खादै उकालो चडी रहेका सुन्दर दृश्यसंगै उकालो लाग्दा आफुलाई बादलुको घुम्टो भित्र हराय जस्तो आभास हुन्छ |

बडीमालीका धार्मिक आस्था सँग जोडीयकोले यस क्षेत्रले धेरै कुराहरुको महत्व बोकेको छ, धार्मिक र सास्कृतिक रुपले मात्र हैन प्राकृतिक सौन्दर्यले पनि बडीमालीका मनमोहक छ यहाँ बाट अपि सैपाल हिम शृङ्खलाको लामो रेन्ज देख्न सकिन्छ । कालिकोट, मुगु, अछाम, बझांग, जुम्ला, हुम्ला क्षेत्रका अग्ला पहाडहरु सजिलै सँग नियाल्न सकिन्छ बडीमालीकाबाट, यहाको सौदार्यलाई हेरेर कसैको पनि प्यास मेटीदैन, कसैले पनि बडीमालीकाको सबै सुन्दरतालाई कैद गर्न सक्दैन, प्रसार प्रसारका कारण अझै पनि बडीमालीका पर्यटन गन्तब्य बनी सकेको छैन, पर्यटक हरुलाई चाहिने आधारभूत अवास्यकताको अझै बिकाश भैंसकेको छैन |

५०० वर्ग किलोमिटर क्षेत्रफलमा फैलियको बडीमालीकामा विभिन्न किसिमका बन्यजन्तु तथा ४५ जातका बहुमुल्य जंगली जडिबुटी पायिन्छन जुन आवश्यक ज्ञान र सम्रक्षणका कारण बर्सेनि ती कुरा हरु नस्ट हुदै गरेका छन | र्मिक ऐतिहासिक तथा पर्यटनका हिसाबले यो क्षेत्र पश्चिमकै गर्वको रुपमा रहेको छ, उचित किसिमको संरक्षण, सम्बर्धन र प्रसारप्रसार हुन नसक्दा यो क्षेत्र अझै पछाडी परेको छ | यसका लागि सरोकार निकायहरु अवासेक नीति नियम बनायर लाग्न अति जरुरि छ । सन २०२० मा नेपाल ले लियको भ्रमण बर्ष २०२० लाई यस्ता ठाउँहरुको प्रसारप्रसार गरेर सफल पारौ | लेखक बिष्ट हाल न्याय हेल्थ नेपाल बयालपाटा अस्पताल अछाममा बिगत १० वर्ष देखि बरिष्ठ सूचना तथा प्रबिधि अधिकृत को रुपमा कार्यरत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार