केपी अोलीको रणनीतिक टिमले निकाल्यो यस्तो निष्कर्ष,

जो अध्यक्ष हुन्छ उही प्रधानमन्त्री,

  पत्रपत्रिकाबाट  1749 पटक हेरिएको

काठमाडाैं-  एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक बस्नुपूर्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका रणनीतिक टिम छलफलमा बस्दै एउटा निष्कर्ष निकालेको छ ।

एमाले अध्यक्ष ओलीको निर्देशनमा बसेको ती टिमको बैठकले पार्टीको अध्यक्ष जो हुन्छ, उही प्रधानमन्त्री बन्ने निष्कर्ष निकालेको छ । हालै राजधानीमा गोप्य रुपमा बसेको उक्त बैठकले पार्टी अध्यक्ष एकजना र प्रधानमन्त्री एकजना हुन नसक्ने निष्कर्ष निकालेको हो । पार्टी एकता संयोजन समितिको बैठक तत्काल बस्दैछ ।

माओवादीका नेताहरुले ती सबै विषयमाथि संयोजन समितिको बैठकमै छलफल हुने बताइरहेका छन् । ओलीको रणनीतिक टिमले पार्टी अध्यक्ष र प्रधानमन्त्री फरक फरक व्यक्ति हुँदा काम कारबाही प्रभावकारी ढंगबाट अगाडि बढ्न नसक्ने निष्कर्ष निकालेको छ ।
ओलीको रणनीतिक टिममा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, नेताहरु सुवास नेम्वाङ, शंकर पोखरेल लगायत छन् ।

प्रचण्डलाई अध्यक्ष मान्नुपरे पार्टी एकता १ वर्षपछि
ओलीको रणनीतिक टिमले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई तत्काल अध्यक्ष मान्न नसक्ने निष्कर्ष निकालेको छ । प्रचण्डलाई अध्यक्ष मान्नु परेको खण्डमा पार्टी एकता १ वर्षपछि धकेल्ने उनीहरुको योजना छ । एकता संयोजन समितिको बैठक लम्ब्याउँदै जाने उनीहरुको भित्रि चाहना रहेको बताइन्छ ।

माओवादी भन्छ, ‘पहिले पार्टी एकताको रोडम्याप, त्यसपछि सरकार’
माओवादी केन्द्रले भने पार्टी एकताको रोडम्यापबिना सरकार गठनको प्रक्रिया अगाडि बढाउन नसक्ने निष्कर्ष निकालेको छ । माओवादी केन्द्रको हालै बसेको सचिवालय बैठकले पार्टी एकताको रोडम्यापबिना सरकार गठन प्रक्रिया अगाडि बढाउन नसक्ने निष्कर्ष निकालेको हो ।

प्रचण्डलाई अध्यक्ष मान्न किन तयार छैनन्, ओली टिम ?
आन्तरिक रुपमा बुझ्दा एमाले अध्यक्ष ओलीको टिम प्रचण्डलाई अध्यक्ष मान्न तत्काल तयार नहुनुको कारण माओवादीसँगको अविश्वास वा अन्य कुनै कारण नभई एमालेभित्रकै कारण भएको पाइयो ।

माओवादी केन्द्रसँगको एकता एमाले अध्यक्ष ओलीले आफ्नो लागि तत्काल घातक हुने विश्लेषण गरेका रहेछन् । प्रचण्ड एमालेका नेता झलनाथ खनाल, माधव नेपाल र वामदेव गौतमसँग पनि निकट छन् । ‘एमालेभित्र पेलिएका समुह खनाल, नेपाल र गौतमसँग प्रचण्डको राम्रै उठबस हुनुले पनि ओलीलाई तत्काल माओवादीसँग एकता गरौँ भन्ने लागेको छैन’ एमालेनिकट उच्च स्रोतले भन्यो, ‘आफ्नो व्यक्तिगत स्वार्थको लागि उहाँले माओवादीसँग तत्काल एकता चाहनुभएको छैन ।’

आफू माइनस हुने डरले ओलीले माओवादीसँग तत्काल एकता गर्न चाहेका छैनन् । उज्यालो नेपालले खबर लेखेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार