पत्रकार डिबी खड्काको पुस्तक ‘नियत’को विमोचन

  मूलधार पोष्ट  319 पटक हेरिएको

बाजुरा । पत्रकार तथा लेखक डिबी खड्काको पुस्तक ‘नियत’को विमोचन गरिएको छ । लामो समयदेखि पत्रकारितामा सक्रिय डिबीले लेखेको पुस्तक नियतको सोमबार काठमाडौंमा विमोचन गरिएको हो । पत्रकारिताको क्रममा देखेको रङ्गीन दुनियाको अध्यारो पाटोलाई समेटेर लेखिएको पुस्तकको अभिनेत्रीहरु रेखा थापा , स्वस्तिमा खड्का र लक्ष्मी वर्देवाले सयुक्त रुपमा विमोचन गरेका हुन् ।

रंगीन दुनियाँका रंगहिन दृष्टान्तहरुलाई उजागर गर्न पुस्तक लेखेर बजारमा ल्याएको लेखक डिबी खड्काले बताएका छन् । नेपाली मनोरञ्जन दुनियाँलाई नजिकबाट नियाल्दा रंगीनभन्दा धेरै फिक्का महसुस गरेको समेत उल्लेख गरेका छन् ।‘बाहिरबाट हेर्दा जति चम्किलो छ भित्र त्यति नै अध्यारो’ छ । पुरुषका लागि रंगीन र रोचक रहे पनि महिलाका लागि यो क्षेत्र कहाली लाग्दो रहेको निष्कर्षको संगालो नै नियतको सार रहेको खड्काको भनाई छ ।

बाजुराको बडिमालिका नगरपालिका ३ रजालीमा जन्मीएका खड्काले महिला कलाकारहरूमध्ये केहीले भोगेको हिंसालाई खड्काले पुस्तकका रूपमा आकार दिएका छन् ।आजदेखि बजारमा आएको पुस्तक ‘नियत’ लाई फिल्मी कलाकारिता क्षेत्रमा देखिएको चम्किलो आवरणभित्रको अँध्यारो पाटोका कथा नियत भित्र रहेको बताइएको छ ।

विमोचनपछि सञ्चारकर्मीसंग कुरा गर्ने क्रममा अभिनेत्री रेखाले महिला यौन हिँसामा परेको र पुरुष कलाकार आर्थिक रुपमा शोषित भएको बताएकी छिन् । समारोहमा बोल्दै रेखाले नियतले महिलाहरुमाथि हुने नियतको बिषयमा बोलेको छ र महिला यौन हिंसामा परेका होलान् तर, पुरुष पनि यो क्षेत्रमा पीडित रहेको बताएकी छन् । प्रज्ञा भवनमा आयोजित विमोचन कार्यक्रममा अभिनेत्रीहरु रेखा थापा, स्वस्तिमा खड्का र लक्ष्मी बर्देवाले कलाकारिता क्षेत्रमा प्रवेश गरेपछि आफूले भोगेका तिता मिठा कथाहरु सुनाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार