रतुडामा रहेका ५ सार्वजनिक छाउगोठ भत्काइए

  मुलधारपोष्ट  372 पटक हेरिएको

बाजुरा । जिल्लाको बडीमालिका नगरपालिका वडा ८ स्थित रतुडामा रहेका पाँचवटा सार्वजनिक छाउ गोठ भत्काईएका छन् । बडीमालिका नगरपालिका-८ का वडा अध्यक्ष प्रकाश रावल र जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दान बहादुर रोकायाको नेतृत्वमा गएको टोलीले आईतबार उक्त ठाउँका सार्वजनिक छाउगोठ भत्काएका हुन् ।

यस अघि रतुडामा ४० देखि ४५ घर परिवारका महिलाहरुले महिनावारी भएको बेला पाँचवटा सार्वजनिक छाउगोठ प्रयोग गर्दै आएका थिए । छाउपडी गोठ प्रयोग गर्ने र गराउने स्थानीय व्यक्तिहरूलाई कानुनी कारवाही र छाउगोठमा बस्दा हुने समस्या सम्बन्धि जानकारी समेत गराईएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार सोही दिन ईलाका प्रहरी कार्यालय स्वामीकार्तिक र सोही ठाउँका स्थानीयको सक्रियतामा स्वामीकार्तिक खापर गाउँपालिका वडा नं. ३ जुकोट र ४ फैतामा १२ वटा छाउपडी गोठ भत्काईएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार