बाजुरामा दुइपटक भूकम्पको धक्का

  मुलधारपोष्ट  462 पटक हेरिएको

बाजुरा । बाजुरा केन्द्रविन्दु भएर आइतबार साँझ र सोमबार बिहान भूकम्प गएको छ । स्थानिय समयअनुसार आइतबार साझ ८ बजेर १९ मिनेटमा बाजुराको पूर्वी उत्तरी क्षेत्र रुगिन केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो भने सोमबार विहान २ बजेर ७ मिनेटमा सोही ठाउँ रुगिन केन्द्रबिन्दु बनाएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्पक गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

करिब ६ घण्टाको फरकमा भूकम्पले हल्लाएपछि बाजुरेली जनतमा एकखालको त्रास फैलिएको छ । दुबै पटकको भूकम्पको धक्का रातीको समयमा गएका कारण स्थानियमा त्रास भैलिएको प्रहरीको भनाई छ । भूकम्पले जिल्लामा क्षति पु¥याए नपु¥याएको बारे भने अहिलेसम्म कुनै जानकारी आइसकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार