फेरी आजबाट हिउँदे झरी सुरु

  पत्रपत्रिका खबर  2075 पटक हेरिएको

काठमाडाैं । फेरी नेपालमा माैषम बदली हुने भएको छ । भू–मध्य सागरको वायुको प्रभावले सक्रिय हुने भएकाले फेरि हिउँदे झरी सुरु हुने भएको छ । गत शुक्रबारबाट रोकिएको हिउदे झरी फेरि सुरु हुने माैषम पूर्बानुमानले जनाएको छ ।

पूर्वानुमान महाशाखाका अनुसार भू–मध्य सागरको वायु दक्षिण एसियाली मुलुकतर्फ बहने जलवाष्पयुक्त हावाको मात्रा पर्याप्त भएपछि हिउँदे झरी दोहोरिने भएको हो । यो चौँथो चरणको झरी गराउने वायु हो । सोमबार भने दिनभर पहाडी भू–भाग सामान्यतया सफा नै रहने र तराईका भूभागहरुमा भने हुस्सु लाग्ने सम्भावना रहेको छ ।

यसैगरी, रातिबाट देशका पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ । पश्चिमी पहाडी भूभागहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हिमपात हुने सम्भावना रहेको छ । सोमबार रातिबाट सुरु हुने उक्त वायुको प्रभाव बिहीबार र शुक्रबार फैलने पूर्वानुमान महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार