दलित पत्रकार संघ सुदूरपश्चिमको पहिलाे भेलाटबाट सचिवालय सदस्यमा रमित विक चयन

  मूलधार पोष्ट  399 पटक हेरिएको

बाजुरा । क्रियासिल दलित पत्रकार सुदूरपश्चिम प्रदेश समितिको सदस्यमा रेडियो बाजुरामा कार्यरत रमित विक चयन भएका छन् । शुक्रबार धनगढीमा सम्पन्न भएको सम्मेलनले पत्रकार भीम विकको अध्यक्षतामा ‘क्रियाशील दलित पत्रकार संघ सुदूरपश्चिम’ समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा प्रदीप मलासी, महासचिवमा लालबहादुर एसके, सचिवमा धनराज विक र सिपी लोहिया, कोषाध्यक्षमा रेसु बराइली, सहसचिव कृष्ण नेपाली चयन भएका छन् ।

यस्तै, सदस्यमा पूर्ण विक, हिक्मत बादी, खडकबहादुर कोली, अनिता विक, भानबहादुर विक, प्रकाश पार्की, प्रेमराम लोहार, आरती एसके, विक्रम परियार, जगत जयगडी, हरिकृष्ण ताम्राकार, निराजन परियार र विवेक नागरी चयन भएका छन् ।

अध्यक्ष विक टीकापुरबाट प्रकाशन हुने ‘सुदूर सन्दर्भका सम्पादक हुन् । सम्मेलनको शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले धनगढीमा उद्घाटन गरेका थिए।

कार्यक्रममा सुदूरपश्चिमका विभिन्न जिल्लाका क्रियाशील दलित पत्रकारको उपस्थिति रहेको थियो । सामाजिक न्याय, सुशासन र समाबेशी लोकतन्त्र, स्वस्थ व्यावसायिक र मर्या्दित पत्रकारिता हाम्रो मुल मन्त्र भन्ने मुल नाराका साथ क्रियाशिल दलित पत्रकार संघ नेपालको प्रथम सुदुरपश्चिम प्रदेश सम्मेलन शुक्रबार धनगढीमा सम्पन्न भएका थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार