शिक्षा पर्यटन आशा सम्भावना अनि आवश्यकता

 125 पटक हेरिएको

जीवन र संसार लाई चिनाउने र त्यसैको आधारमा जिवनको गन्तव्य खोजेर जीवन बनाउने माध्यम नै शिक्षा हो । संसार लाई देख्न चिन्न र बुझ्नको लागि सबैभन्दा राम्रो र उपयुक्त उपाएनै घुमघाम र भ्रमण हो । घुमघाम अनि भ्रमण गर्नु भनेको केवल मनोरञ्जन लिनु मात्र होईन यसबाट धेरै विभिन्न प्रकारका ज्ञान ज्ञुनका कुराहरु सिक्न देख्न अनुभव गर्न तथा जान्न पाईन्छ। भबिस्यका कार्ययोजना विभिन्न सम्भावनाहरुको पहिचान प्रबिधिको अवस्था निर्माण र प्रचार लगायत हामिले देखेर शिक्षा लिन सकिने जस्ता थुप्रै कुराहरुको शिक्षा प्राप्त गर्ने त्यही भ्रमण बाट हो।पछिल्लो समयमा शिक्षा र शिक्षाबाट पर्यटन दुबैलाई बिश्वका हरेक राष्ट्रले निकै महत्त्व दिएको पाईन्छ र भ्रमण तथा घुमघामलाई खुला विश्वविद्यालय पनि भन्ने गरिन्छ।

पढ्नु र सिक्नुको अर्थ किताबी परिभाषा जान्न र सुत्रहरु स्मरण गर्न मात्र होईन । जीवन अनि जगतको बास्तबिकता बुझेर सोही अनुरुपको सजिलो जीवन पद्धतिको बिकास गर्नु नै शिक्षाको प्रमुख उदेश्य मानिन्छ ।लेखक द्वारा लेखिएका किताबका पन्नाहरु पढेर विश्व संसारको बारेमा ज्ञान लिन त सकिएला तर ज्ञानको गहिराई सम्म भने कदापि पुग्न सकिँदैन।प्राकृतिक श्रोत भौगोलिक अध्यन आर्थिक पक्षको अध्यन संग सम्बन्धित बिषय बस्तुको ज्ञान सिक्न लिन सम्बन्धि क्षेत्रहरुको भ्रमण तथा देख्नु जरुरी हुन्छ । हरेक देशमा रहेका प्राकृतिक भौगोलिक बिषय बस्तुको ज्ञान किताबमा पढेको भन्दा भ्रमण अथवा घुमघाम गरेर लिईएको शिक्षा लाई ठुलो मानिन्छ । प्रायः शिशु कक्षा देखि बिधालय क्याम्पस स्तरमा अध्यनरत बिद्यार्थीहरुलाई भ्रमण गर्नु भनेको केवल मनोरञ्जन मात्र लिनु हो भन्ने भावना पनि हुन्छ।तर भ्रमण अथवा घुमघाम बाट पनि धेरै कुराको ज्ञान प्राप्त गर्न सकिने उदाहरणहरु हामी समक्ष प्रष्ट छन् ।

उदाहरणका लागि ठुला ठुला हिउले ढाकेका अग्ला अग्ला हिमालहरु मठ मन्दिर तिर्थ स्थल लगायत नेपाल भारत सिमा क्षेत्र बिबादको शिक्षा होस अथवा कुनै अन्य सिमा बिबादको होस त्यो शिक्षा किताबको पाना पढेर मात्र ज्ञान प्राप्त हुदैन प्रत्यक्ष त्यो ठाउँको घुमाई फेराई अनि भ्रमण बाट मात्र पुर्ण रूपमा त्यो ठाउको शिक्षा प्राप्त हुन्छ।कुनै पनि बिषय बस्तुको गहिराई सम्म पुग्नकै लागि प्रत्यक्ष अवलोकन तथा आवश्यकता उत्तिकै महत्त्वपूर्ण हुने गर्छ । आवश्यकता अनुसार नभएका र संचालनमा आएका केही उधोग कलकारखाना बाट घाटा खाईरहने देश नेपाल हो।बाहय ब्यापार बाट घाटा भैरहेको समयमा देशको आर्थिक बिकासको मुख्य आधार भनेकै पर्यटन हो।नेपालमा पर्यटनको प्रचुर सम्भावना भएपनी त्यसलाई बिकास र बिस्तार गर्ने खालको शिक्षा नेपालमा हालसम्म लागू गरिएको छैन र शिक्षा पनि लिन सकिएको छैन ।

विद्यालयमा पर्यटन सम्बन्धि ज्ञान दिने किताब हुनुपर्ने थियो तर त्यो पनि छैन ।पढाई हुने सामाजिक अर्थशास्त्र बिज्ञान बाताबरण शिक्षा आदि किताबमा पर्यटन सम्बन्धि सामान्य जानकारी गराईए पनि कुन क्षेत्रमा कस्तो पर्यटकिय सम्भावना रहेको छ भन्ने कुराको ज्ञान पाउन सकिएको छैन ।पर्यटकिय सेवाको बिस्तार गर्ने पर्यटन मैत्री संस्कृतिको बिकास गर्ने जस्ता थुप्रै कुराहरुको शिक्षा हामी लाई अझै थाहा छैन। बिश्व बिधालय तहमा यो सम्बन्धि किताब भए पनि यो बिषयमा पढाई हुने कलेजहरु काठमाडौ र पोखरामा मात्र सिमित भएका ले पर्यटन शिक्षा सर्वसाधारण जनताको पहुँच भन्दा बाहिर रहेको पाईन्छ।हाम्रो देशमा यस्तै पर्यटकिय शिक्षाको अभावले गर्दा नै हामीमा पर्यटन सम्बन्धि शिक्षा संस्कारको विकास अझै हुन सकेको छैन ।

हामि नेपालीहरु आफ्नै देशमा घुम्न अथवा भ्रमण गर्ने नेपालीलाई पर्यटक नै नठान्ने प्रवृत्ति फैलिनु नै पर्यटन शिक्षाको अभाव अथवा कमि हो।नेपालमा पर्यटन क्षेत्र बाट लाभ लिनको लागि पर्यटन मैत्री समाज र संस्कृतिको विकास हुनु उत्तिकै जरुरी देखिन्छ । तर त्यसका लागि बिधालय तथा बिश्व बिधालयका हरेक पर्यटन शिक्षा लाई अनिवार्य गर्नु जरुरी छ।सन २०२० नेपाल भ्रमण बर्ष भनेर पनि घोषणा भएको थियो तसर्थ नेपाल भ्रमण बर्ष पनि जनवरी महिनाको सुरुमै संचालन भैसकेको छ भने बाहय तथा आन्तरिक पर्यटक लाई भित्र्याउनु हामी सबैको उत्तिकै दायित्व हुन आउँछ । यदि यो बर्षको नेपाल भ्रमण बर्ष हामिले सफल बनायौ भने आउने दिनमा अझै पर्यटक लाई भित्र्याएर धेरै लाभ लिन सकिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार