देउवालार्इ पार्टीको सभापतीबाट हटाउन मध्यरातमा बस्यो गोप्य बैठक, को को थिए भेलामा

  मूलधार सम्वादाता  419 पटक हेरिएको

काठमाडाैं-  प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसको पराजयका विषयमा पार्टीभित्र विभिन्न खालका टिकाटिप्पणी भइरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकटका जिल्ला सभापतिहरूको अलग भेला बोलाएका छन् ।

सोमबार राति ठमेलको एक होटेलमा पौडेलले आफ्ना पक्षका करिव २० जना जिल्ला सभापतिको भेला गरेका हुन् । सो भेलामा सभापति शेरबहादुर देउवाको कार्यशैलीको आलोचना गरिएको स्रोतले जनाएको छ ।

भेलामा कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहको पनि सहभागिता रहेको थियो । सो भेलामा जिल्ला सभापतिसहितका नेताहरूलाई रातिको खाना खुवाइएको थियो ।

भेलामा राष्ट्रिय मुद्दादेखि टिकट वितरणमा भएको गडबडीका विषयमा पनि छलफल भएको थियो । सहभागीहरूले देउवाको कार्यशैलीले पार्टी नचल्ने निष्कर्ष निकालेको एक नेताले बताए ।

भेलामा काठमाडौं सभापति सबुज बानियाँ, धादिङ सभापति रमेश धमला, इलाम सभापति हिमालय कर्माचार्य, बर्दिया सभापति सञ्जय गौतम, मुगु सभापति खड्गबहादुर शाही, रोल्पा सभापति अमरसिंह पुनसहित सहभागी थिए ।

जिल्ला सभापतिहरूले पनि पार्टीले टिकट नमिलाउँदा जित्ने ठाउँमा पनि पराजय व्यहोरेको बताएका थिए । टिकट दिँदा सभापतिले आफू पक्षका धेरैलाई दिएको भन्दै हारको कारण अन्तर्घात पनि भएको उनीहरूको भनाइ थियो ।

यसअघि गगन थापा, चन्द्र भण्डारी सहितका नेताहरूले पनि सभापति देउवालाई पार्टी हाक्न नसकेको भन्दै आलोचना गरेका छन् । उनीहरूले अबको नेतृत्व युवा पुस्ताले लिनुपर्ने जनाइ सकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार