तीन बर्षसम्मपनि बनेन ५० मिटर लामो गाढी गुड्ने पुल

  मूलधार पोष्ट  465 पटक हेरिएको

बाजुरा । साँफे मार्तडी सडक खण्ड अन्तरगत जिल्लाको बडिमालिका नगरपालिकाको ४ र ६ को बीच जडागङ्गामा बुढीगंगा नदीमा निमार्ण हुन लागेको ५० मिटर लामो पक्की पुल निमार्ण कार्यमा ढिलाई भएको छ ।  २०७३ साल असार ३० गते देखि २०७५ असार ३० गते सम्म सो पुलको निमार्ण कार्य सम्पन्न गरिसक्नु पर्ने सम्झौता भएतापनि ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण सम्झौता अवधिमा काम गर्न नसकेपछि पुल निमार्ण कार्यमा ढिलाई भएको हो ।

पुल निमार्णका लागि ९ करोड ८३ लाख ८२ हजार ५७९ रुपियाँ ३९ पंैसा कुल लागत अनुमान रकम मध्ये ५ करोड ५ लाख १६ हजार नौ सय रुपियाँमा पुल निमार्ण कार्य सम्पन्न गर्छु भनेर सम्झौता लिएको काष्ठमाण्डौ मसिना जे.बीका ठेकेदार जयदेव पन्तको सम्झौता भएको मितिले १५ महिना नाघी सक्दा पनि पुल निमार्णको काम गर्न नसक्दा अलपत्र परेको सडक डिभिजन कार्यालय साँफे बगर अछामका प्रमुख राजेश दाशले बताउनुभयो । उहाँले भन्नुभयो, पुल निमार्ण कार्यका लागि १ करोड १९ लाख ६५ हजार ६ सय २२ रुपियाँ पहिलो किस्ता निकासा गरेर पनि हाल सम्ममा ३५ प्रतिशत जती मात्र काम भएकोले बाँकी रहेको पुल निमार्ण कामलाई तुरुन्त सम्पन्न गर्न ठेकेदार जयदेव पन्तलाई पत्राचार गरिसकेको सडक डिभिजन कार्यलय प्रमुख दाशको भनाई छ ।

काष्ठमाण्डौ मसिना जे.बी प्रालिका ठेकेदार जयदेव पन्तले भन्नुभयो, २०७५ सालको श्रावणमा आएको अविरल वर्षादका कारण नदीमा पानीको बाहक बढ्नगई पुल निमार्णको काम कार्य गर्न समस्या भएकोले सम्झौता भएको मितिमानै पुल निमार्ण काम सम्पन्न गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो विभिन्न कारण सम्झौता मितिमै पुल निमार्णको काम कार्य गर्न नसक्दा उक्त पुल निमार्ण कार्यका लागि फेरी २०७६ असार ३० गते सम्म म्याद थप भएकोले २०७७ असारमा पुल निमार्णको काम सम्पन्न गरि सक्ने ठेकेदार पन्तको भनाइ छ ।

यता सम्झौता भएको मितिले १५ महिना नाघी सक्दापनि पुल निमार्ण कार्यमा कामदारहरुले काम गरेवाफतको रकम समेत नपाएका गुनासो गर्दै आएका छन् । २०७३ असार देखि पुलमा काम गर्ने बडिमालिका नगरपालिका ६ कोर्ध र जडाङ्गाका स्थानीयले पुलमा काम गरेवाफतको ४१ लाख रुपियाँ नपाएको बुढीगङ्गाका ६ का स्थानीय पदम बडुवालले बताउनुभयो ।

उहाँले भन्नुभयो, पुल निमार्ण सुरु भएको तीन वर्ष हुँदा सम्म पनि नत पुल निमार्ण कार्य सम्मपन्न भयो, नत यस पुलमा काम गर्ने काम दारहरुले रकम नै पाएका छन् । पुलमा काम गर्ने कामदारको ४१ लाख भन्दाबढी रकम दिनु बाँकी नै छ । त्यसका लागि दुई महिना भित्रनै सबै रकम दिने गरि दुवै थरिको सहमतिमा जिल्ला प्रहरी कार्यालय बाजुरामा कागज बनाएको ठेकेदार जयदेव पन्तले बताउनुभयो । २०७७ को असारमा पनि पुल निमार्णको काम सम्पन्न नभए जमाजत, र पुल निमार्णमा लागेको रकम समेत फिर्ता माग्ने र ठेकेदारलाई कालो सुचीमा राख्ने डिभिजन कार्यालय साँफेका प्रमुख राजेश दाशले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार