फागुन १० गतेदेखि १५ गतेसम्मको भाग्यफल

  दैनिक राशिफल  901 पटक हेरिएको

फागुन १० गतेदेखि १५ गतेसम्मको भाग्यफल । मेष-बोली र व्यवहारले धेरैलाई प्रभावित पार्न सकिनेछ। कामको प्रभावले विशेष अवसर दिलाउनेछ। अध्ययनमा प्रगति हुनेछ र मिहिनेत गर्दा लेखनमा पनि निखारता आउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सम्पादन हुनेछ। व्यापारमा फाइदा हुनेछ। दोहोर्याएर काम गर्नुपरे पनि नतिजा उत्साहजनक नै हुनेछ। सोखले खर्च बढाए पनि भौतिक साधन जुटाउन सकिनेछ। घरेलु समस्यामा अलि सावधान रहनुहोला। आफन्तको सहयोग प्राप्त हुनाले धेरै काम बन्नेछन्। बलभन्दा बुद्धिको उपयोगले सफलता प्राप्त हुनेछ।

वृष -इच्छाशक्ति बढ्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ। नयाँ काम थाल्न सकिनेछ र व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। सोमवारदेखि मित्रहरूको सहयोगले हौसला प्रदान गर्नेछ। आयस्रोत बढ्नुका साथै दिगो काममा सम्झौता हुन सक्छ। बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ। इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। सप्ताहान्तमा केही विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेतले उपलब्धि हातपार्न सकिनेछ। साथीभाइकाे सहयाेग जुट्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।

मिथुन -प्रारम्भमा व्ययभार बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। खर्च लागे पनि दिगो काममा लगानी गर्ने अवसर जुट्न सक्छ। सोमवारदेखि आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। लेखन र अभिव्यक्ति कलामा निखारता आउनेछ। प्रतीक्षा गरिएको नतिजा सकारात्मक हुनेछ। उपहारका साथै धनलाभ हुने सम्भावना छ। लाभदायी कामको जिम्मेवारी प्राप्त हुनेछ। सप्ताहान्तमा व्यवसाय विस्तार हुनेछ। आम्दानी बढ्नेछ र मान–सम्मान पनि प्राप्त हुनेछ।

कर्कट -प्रारम्भमा आयआर्जनमा कमी आउनाले कर्जामार्फत धन जुटाउनुपर्ला। खर्चिलाे काम थाल्दा अर्थअभाव हुन सक्छ। केही अवसर प्राप्त भए पनि ठूलाे उपलब्धि हातपार्न समय लाग्नेछ। टाढाका साथीभाइसँगको सम्बन्धले लामो यात्रा गर्ने अवसर भने जुट्न सक्छ। बुधवारदेखि स्थितिमा सुधार आउनेछ भने पहिले राेकिएका काम पनि पूरा हुनेछन्। सोखले विलासी मालसामान जोड्न प्रेरित गर्नेछ। तर खानपानमा सावधान नहुनाले स्वास्थ्यमा व्यवधान आउनेछ। सप्ताहान्तमा आलाेचकहरूले दुःख दिन सक्छन्, गाेपनीयतामा ध्यान दिनुहाेला।

सिंह -साता उत्साहवर्द्धक रहनेछ। प्रारम्भमा गरेको कर्मले सफलताको उचाइमा पुर्याउन सक्छ। काम देखाएर उपलब्धि हातपार्ने समय छ। प्रयत्न गर्दा विशेष जिम्मेवारी वा नोकरी प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ। परिश्रमअनुसार राम्रै फल पाइनेछ। आम्दानी बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। बुधवारपछि मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। शुभचिन्तकहरूकाे सहयाेगले अप्ठ्याराे काम पनि सन्न सक्छ। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया सुरु हुनेछ। सप्ताहान्तमा भने राम्राे कर्मफल प्राप्त हुनेछ।

कन्या -केही समय अरूका लागि जुट्नुपरे पनि बिस्तारै काम सम्पादन हुनेछ। राेकिएका काम बन्नाले नयाँ कर्मतर्फ अग्रसर भइनेछ। अनुभव देखाएर उपलब्धि हातपार्ने समय छ। हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी समेत हातपार्न सफल भइनेछ। सामाजिक कामका सन्दर्भमा विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। बीचमा केही विवादास्पद जिम्मेवारी आइलाग्नेछ भने अरूका लागि समेत उपयाेग भइएला। सुनिश्चित आम्दानी समेत अड्किन सक्छ। तापनि अध्ययनमा सकारात्मक नतिजा प्राप्त हुनेछ। केही खर्च लागे पनि व्यवसायमा आम्दानी बढ्नेछ।

तुला -प्रारम्भमा अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा केही चुनौती पनि देखिनेछन्। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्, सजग रहनुहोला। सोमवारपछि स्थितिमा सुधार आउनेछ। सानो प्रयत्नले काम बन्नेछ भने अवसरले उत्साह जगाउनेछ। बीचमा केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। व्यर्थैमा अरूको स्वार्थमा उपयोग भइनेछ। तापनि सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन्। रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। धेरै समस्या सुल्झाएर उपलब्धि हातपार्न सफल भइनेछ।

वृश्चिक -प्रियजनसँग भेटघाट हुनाले साताको प्रारम्भ रमाइलो रहनेछ। तर सोखले खर्च बढाउनेछ भने वादविवादले गहिराे सम्बन्धमा आघात पुग्न सक्छ। आतिथ्य पनि खर्चिलो हुने समय छ। सोमवार र मंगलवार अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। अर्थ अभावले आँटेको काम राेकिन सक्छ। विवादास्पद कामको बोझसमेत थपिनेछ। बुधवारदेखि स्थितिमा सुधार आउनाले उपलब्धि प्राप्त गर्न सफलता मिल्नेछ। भाग्यले साथ दिनेछ र शुभचिन्तकहरूको साथले लक्ष्य प्राप्ति हुनेछ। काम बन्नाले आयस्रोत पनि सबल बन्नेछ।

धनु -प्रारम्भमा प्रतिस्पर्धीहरू पछि पर्नेछन् र कर्मयोगले फाइदा दिलाउनेछ। मिहिनेतले विशेष अवसर हात पार्न सकिनेछ। साेमवार र मंगलवार यात्रा, मनोरञ्जन र पारिवारिक भेटघाटमा अलमलिनुपर्ला। रमाइलो परिस्थितिलाई वादविवादले खलबल्याउन सक्छ। बुधवारपछि खर्चिलो कामतर्फ ध्यान केन्द्रित हुनेछ। समयमा काम गर्न नसक्दा अवसर फुत्कन सक्छ। स्वास्थ्य कमजोर रहनेछ र अर्थ अभावले सताउनेछ। बीचमा काम बिग्रने भयले सताए पनि सप्ताहान्त लाभदायक रहनेछ। मिहिनेत गर्दा नाम, दाम र इनाम हातपार्न सफलता मिल्नेछ।

मकर -ईर्ष्या गर्नेहरूले सताए पनि मिहिनेतले विशेष अवसर दिलाउन सक्छ। अध्ययनमा प्रगति हुनेछ र सहपाठीहरूलाई पछि पार्न सकिनेछ। कर्मयाेगले सफलताकाे उचाइमा पुर्याउनेछ। प्रतिस्पर्धीहरू स्वतः पछि पर्नेछन्। प्रयत्न गर्दा यात्राको अवसर जुट्न सक्छ। व्यापार र उद्योगमा सामान्य फाइदा हुनेछ। सहयोगीहरू जुट्नाले काम बन्नेछन्। बुद्धिको उपयोगले लक्ष्यप्राप्ति हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। नयाँ याेजना थाल्ने अवसर छ। सप्ताहान्तमा भने केही खर्चिलो काम गर्नुपर्ला। स्वास्थ्यका लागि विशेष सावधान रहनुहोला।

कुम्भ -प्रारम्भमा अन्योल बढ्ने हुँदा काम बिग्रने चिन्ताले सताउन सक्छ। नजिकका साथीभाइ टाढिनाले आत्मबलमा कमी आउनेछ। अध्ययनमा केही व्यवधान हुन सक्छ। तापनि सोमवारदेखि स्थिति अनुकूल बनाउन सकिनेछ। मिहिनेतले प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। नयाँ कामको अवसरले उत्साह जगाउनेछ। बीचमा प्रतिस्पर्धीहरूले दु:ख दिनेछन्। व्यापार र उद्योगमा काम रोकिन सक्छ। सप्ताहान्तमा व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ। प्राप्त उपलब्धिले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

मीन -प्रारम्भमा विशेष अवसर प्राप्त हुनाले काम बन्नेछ। पुरुषार्थ देखाएर दाम समाउने अवसर प्राप्त हुनेछ। दिगो फाइदा हुने काम शुभारम्भ हुन सक्छ। तर सोमवारदेखि पारिवारिक उल्झनमा परिनेछ। साइनो गाँस्नेहरूबाट अलि सजग रहनुपर्ला। आफन्तको सहयोगले काम लिने कोसिस गर्नुहोला, बुधवारपछि स्थितिमा सुधार आउनेछ। प्रयत्न गर्दा पेसातर्फ राम्रो नतिजा हासिल गर्न सकिनेछ। मिहिनेतले अध्ययनमा प्रगति हासिल गर्न सकिनेछ। कामको सिलसिलामा प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट हुन सक्छ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार