भोली सार्बजनिक बिदा

  मुलधारपोष्ट  1025 पटक हेरिएको

झापाको दुई स्थानीय तहले पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक बिदा दिएका छन् । हल्दीबारी गाउँपालिका र कचनकवल गाउँपालिकाले पृथ्वीजयन्तीको अवसरमा भोलि पाैष २७ गते आइतबार सार्वजनिक बिदा दिएका हुन् ।

नेपालको एकीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने राष्ट्र निर्माता एवं विभूति पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा गाउँपालिकामा सार्वजनिक बिदा दिइएको हल्दिबारी गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनले जानकारी दिनुभयो ।“सार्वभौम सम्पन्न नेपाल निर्माणमा पृथ्वीनारायण शाहको योगदान उच्च छ”, उहाँले भन्नुभयो, “राष्ट्रिय उत्सव भएकाले पनि बिदा दिइएको हो ।”

त्यस्तै, झापाको कचनकवल गाउँपालिकाले पनि पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाको बैठकबाट निर्णय गरेर राष्ट्र निर्माताको सम्मान एवं जयन्ती मनाउन गाउँपालिकामा बिदा दिइएको गाउँपालिका अध्यक्ष अञ्जार आलमले बताउनुभयो ।

नेकपा अध्यक्ष दाहाल प्रधानमन्त्री वा राष्ट्रपति बन्नुपर्छः रेणु दाहाल
भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले नेकपा अध्यक्ष दाहाल एकचोटी मुलुकको कार्यकारी अधिकारसहितको प्रमुख बन्नुपर्ने बताएकी छिन् । प्राईम टाईम्स टेलिभिजनबाट राती आठ बजे प्रशारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मेयर दाहालले यस्तो बताएकी हुन् । उनले भनिन् ‘उहाँ एकपटक कार्यकारी अधिकारीसहितको प्रधानमन्त्री वा राष्ट्रपति बन्नुपर्छ ‘ । उनले विकास र समृद्धिको लागि प्रचण्डको गम्भिर अठोट रहेको र उनी भीजनरी लिडर हो भएको बताएकी छिन् ।

उनले अध्यक्ष प्रचण्ड विहान ४ बजे उठ्ने गरेको सुनाए । ‘उहाँको खान र लगाउन सौखिन छ । देश बनाउने चिन्ता छ । उहाँ अहिले विकास र समृद्धिको लागि दत्तचित्त भएर अघि बढिरहनुभएको छ । देश र जनताको लागि दैनिक १८ घण्टा खट्नुहन्छ । यो देशको बारेमा उहाँलाई भन्दा बढि कसलाई चिन्ता छ ?’साथै उनले नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच अत्यन्तै सुमधुर सम्बन्ध रहेको स्पष्ट पारेकी छिन् ।

दाहालले आफू भरतपुरको मेयर भएपछि विकास र समृद्धिको लागि धेरै कामहरु अघि बढेको पनि विश्वास दिलाईन् । महानगरभित्र चार लेन र ६ लेनका सडकहरु बन्न थालेको पनि उनले सुनाईन् । उनले भनिन्,‘महानगर अहिले विकासको बाटोमा लम्किएको छ । मलाई सबैको साथ छ, कांग्रेसको पनि साथ छ ।’

फरक प्रसँगमा उनले धुर्मुश–सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम पनि सन्तोषजनक रहेको स्पष्ट पारिन् । उनले भनिन् ,‘धुर्मुश–सुन्तली फाउण्डेशनले राम्रै काम गरिरहेको छ । यदि उहाँहरुले बनाउन सक्नुभएन भने सरकारले आफैं बनाउँछ । उहाँहरुको कामप्रति मेरो असन्तुष्टि छैन् । उहाँहरुले प्रयास गरिरहनुभएको छ ।’

पछिल्लो समय पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच कुरा मिलेको पनि सुनाईन् । उनले भनिन्,‘उहाँहरुबीच अहिले कुनै विमती छैन् ।’ उनले उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले सभामुख चयन प्रक्रियामा आफ्नो तर्फबाट मार्गप्रशस्त गर्नुपर्ने पनि धारणा राखिन् । ‘उहाँले पार्टीको निर्णय मान्नुपर्छ । सहमतिमा सभामुख बनाउने कुरा भएको छ, त्यसमा उहाँले पार्टी नेतृत्वलाई सघाउनुपर्छ ।’ उनले भनिन् । रिपोर्टर्स नेपालको सहयोगमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार