राष्ट्रपतिलाई हटाउनेबारे यस्तो भन्छन नेकपा अध्यक्ष प्रचण्ड

  पत्रपत्रिका खबर  379 पटक हेरिएको

प्रचण्ड-नेपाल नेतृत्वको विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिलाई हटाउनेबारे आफूहरूले अहिले केही नसोचेको बताएका छन्। मंगलबार साँझ बिबिसी नेपाली सेवासँग कुरा गर्दै प्रचण्डले राष्ट्रपतिलाई हटाउनेबारे आफूहरूले नसोचेको बताएका हुन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई ‘ब्ल्याकमेल’ गर्ने कोसिस गरेको भन्दै आफूहरूले कहिल्यै त्यसो नगरेको स्पष्ट पारे। राष्ट्रपतिलाई हटाउनुहुन्छ? भन्ने बिबिसीको प्रश्नमा उनले भने, ‘हामी अहिले त्यतारित सोचकै छैनौं । राष्ट्रपतिलाई ब्ल्याकमेल गर्ने कोसिस केपी ओलीले गर्नुभएको हो। हामीले कहिल्यै त्यसो गरेका छैनौं। हामी राष्ट्रपति हटाउनेतिर लाग्दैनौं।’

उनले कांग्रेस सभापति शेरबहादुरसँग पनि यसबारे कुरा गरिसकेको बताउँदै भोलि चितवनबाट फर्किएपछि थप कुराकानी गर्ने बताए। अहिले प्रचण्ड नेपाल लगायतका नेताहरु चितवनमा छन् । सर्वोच्च अदालतको निर्णय सार्वजनिक भएसँगै उनीहरुले चितवनबाटै भनेका थिए । भोलिको लागि तय भएको विरोध जुलुस अब विजय र्यालीमा परिणत भएको छ । देशभरका रहेका पार्टीका कार्याकर्ताहरुले भोली आ आफ्नो ठाउँबाट सर्वोच्चको फैसलाको लागि विजय जुलुस निकाल्नुहोला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार