ओली पक्षमा लागेका पूर्वमाओवादीहरु हिस्स

  मूलधारपोष्ट  378 पटक हेरिएको

काठमाडाैं । संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन बदर हुने फैसला गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार धरापमा परेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रुपमा विभाजित भएसँगै प्रतिनिधिसभामा वर्तमान सरकार अल्पमतमा पर्ने देखिन्छ ।

सत्ताका लागि ओली पक्षमा सामेल भएका केही पूर्व माओवादीहरू भने प्रतिनिधिसभा पुनःस्थापना भएसँगै हिस्स परेका छन् । टोपबहादुर रायमाझी, प्रभु साह,लेखराज भट्टलगायत केही पूर्वमाओवादीहरु सरकारमा स्थान पाउनकै लागि ओली कित्तामा सामेल भएका थिए ।

अवसरकै लागि ओलीको पक्षमा लागेका ती पूर्व माओवादी नेताहरु प्रतिनिधिसभा विघटनसँगै स्वाभाविक रुपमा हिस्स परेका छन् । संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला गर्नुभन्दा केही अघिमात्र ओली सरकारका मन्त्री टोपबहादुर रायमाझीले प्रतिनिधिसभा विघटन सदर हुने सम्भावना ९९ प्रतिशत रहेको बताएका थिए ।

प्रतिनिधिसभा बैठक सुचारु हुनासाथ वर्तमान सरकारको वहिर्गमन र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने जानकारहरु बताउँछन् । प्रतिनिधिसभा विघटन बदर भएसँगै ओली पक्ष अहिले निराश बनेको छ । प्रतिनिधिसभा विघटनपछि ओलीलाई साथ दिन पुगेका पूर्वमाओवादी नेताहरु पनि सर्वोच्चको निर्णयसँगै रनभुल्लमा परेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार