शिक्षक छनौटमा अनियमित प्रकरण अख्तियार बाट छानविन शुरु

  पत्रपत्रिका खबर  360 पटक हेरिएको

बाजुरा । जिल्लाको हिमाली गाँउपालिकामा स्वयसेवक शिक्षक छनौट प्रक्रिया गैर कानुनी तरिकाले भएको भन्दै अख्तियारले छानविन गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ढंगाल काठमाडौले छानविन शुरु गरेको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ । आर्थिक बर्ष ०७५।०७६ मा हिमाली गाँउपालिकाले स्वयसेवयक शिक्षक राख्ने निर्णय गरेको थियो । प्राबिमा ८ जना, निमाबिमा अग्रेजीमा ७, गणित बिज्ञान ३, नेपाली, २ सामाजिक ४ गरि जम्मा १६ जना र माबिमा अंग्रेजी २, गणति बिज्ञान २ गरि ४ जनाको बिज्ञापन गरि शिक्षक भर्ना गरेको थियो ।

बिज्ञापन गर्दा स्थायि अध्यापन अनुमति अनिवार्य भनेको थियो । तर स्थायि अध्यापन अनुमति बेगर केही शिक्षक भर्ना गरेको र बिषय बिज्ञ छनौट पनि मनोमानी तरिकाले गरेको आधारमा छानविन शुरु गरेको बुझिएको छ । प्राबि तहमा कार्यरत शिक्षकलाई माबि र निमाबि शिक्षक भर्नामा बिज्ञ राखेर भर्ना गरेको भन्दै अख्तियारले जिल्ला प्रशासन कार्यलयलाई पत्राचार गरेको पत्रमा उल्लेख गरेको छ । गाँउपालिकाले चार जना शिक्षकलाई भर्ना छनौटको बिज्ञका रुपमा राखेको थियो ।

देबराज पाण्डे, गोपानन्द पाण्डे, गौरिलाल जोशी र बिष्णु पाण्डेलाई शिक्षक भर्ना छनौट बिज्ञका रुपमा राखेको थियो । देबराज पाण्डे र गोपानन्द पाण्डे प्राबि तृतिय तहका स्थायि शिक्षक हुन्, तर उनले माबि तह अग्रेजी शिक्षक भर्नामा छनौट शिक्षक तथा बिज्ञ रहेको थिए । त्यस्तै गौरीलाल पाण्डे माबि बिज्ञान बिषयको शिक्षक भएपनि अग्रेजी बिषयको छनौटमा बसेको जिल्ला प्रशासन बाट अख्तियारलाई पठाएको प्रतिबेदनमा उल्लेख रहेको छ । बिष्णुलाल पाण्डे माबि अंग्रेजी बिषयको भएपनि उनि भने त्यो परिक्षा छनोट समितिमा नबसेको पाईएको छ ।

शिक्षक छनौट गर्न बिज्ञ हुनका लागि माबि तहको शिक्षक भर्ना गर्दा सम्बन्धि बिषयमा स्नाकोत्तर गरेको सम्बन्धि तहमा स्थायि भई कम्तिमा १० बर्ष काम गरेको हुनु पर्ने प्राबधान गरेको जिल्ला शिक्षा समन्वय ईकाइ प्रमुख गोपालदत्त जोशीले वताएका छन् । त्यस्तै निमाबि र प्राबिको लागि स्नातक पास गरेको प्राबधान हुनु पर्ने ब्यबस्था छ, कानुनी हिसाबले हेर्दा हिमालीले छनौट गरेका बिज्ञ नियम अनुसार नभएको जोशीले वताएका छन् । जोशीले भने अख्यितार बाट छानबिन शुरु भएपछि आफ्नो कार्यलयलाई पनि प्रतिबेदन पठाउन पत्रचार गरेको थियो, कार्यलयले गरेको अध्ययनमा छनौट प्रक्रियामा गाँउपालिकाले नियम प्रक्रिया नपुयाएको वताएको छ । बडिमालिका खबरबाट साभार ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार