वडाध्यक्षले गरे विरामि विपन्न वृद्ध र अपांगलाई न्यानो कपडा सहयोग

  मुलधारपोष्ट  378 पटक हेरिएको

बाजुरा । जिल्लाको बडिमालिका नगरपालिका वडा न ७ का वडाअध्यक्षको पहलमा र मार्तडी स्वास्थ्य चौकीको समन्वयमा विरामि विपन्न वृद्ध र अपांगलाई न्यानो कपडा बितरण गरिएको छ । बाजुरा जिल्लामा हिमपात संगै जाडो बढेपछी बिपन्न, असाय र दमका बिरामी गरि २५ जनालाई न्यानो लुगा बितरण गरिएको हो । वडा कार्यालयको सहयोग र मार्तडी स्वास्थ्य चौकि चुथिको समन्वयमा वडामा रहेका दमका विरामी विपन्न वृद्ध र अपांगलाई न्यानो कपडा सबन्धित ब्यक्तीको घरमा पुगेर बितरण गरिएको बडिमालिका नगरपालिका वडा न ७ का वडाअध्यक्ष धर्मराज पाध्यायले बताए ।

वडाअध्यक्ष आफै गाउँमा गएर प्रत्येक ब्यक्तीको घरमा पुगेर वितरण गरिएको मार्तडी स्वास्थ्य चौकीका प्रमुख काशीचन्द्र पाध्यायले बताए ।न्यानो कपडा पाउनेमा व्यसाहारा वृद्ध सुर्जा पाध्या, अपांग दुवै आखा गुमाएकी विस्नकला पाध्या, प्यारालासिस विरामि धना विक यस्तै दमका विरामि गोरख जैशी, विर्मा विक , पाना ल्वार, कन्जडी विक, गोर्या पाध्या, देविलाल पाध्या, रुपा खत्री अगें धामी फुँगे लवार लगायत २५ जना वृद्ध वृद्धालाई कम्मल बलाङकेट बितरण गरिएको वडाअध्यक्ष पाध्यायले बताएका छन् ।

वडाका २५ जना असाय अपाङहरु चिसो दमको जोखिम नबढोस वृद्धले न्यानो पाउन भन्ने उदेश्यका साथ वितरण गरिएको स्वास्थ्य चौकी इन्चार्ज पाध्यायले बताए । त्यस्तै कालिका आधारभुत विद्यालयका विपन्न ७ वालबालिकालाई न्यानो जकेट समेत वितरण गरिएको वडाध्यक्ष धर्मराज पाध्यायले बताए । त्यसै गरि ४ वटा सामुदायिक विद्यालयमा खेलकुद सामग्रि पनि वितरण गरिएको छ । ज्ञानोदय माबि रजातोली, सरोस्वती आधारभुत बिद्यालय ढम्कने, कालिका आधारभुत बिद्यालय चुथी र लक्ष्मी माबि जिल्लीमा खेलकुद साम्रगी बितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार