गीतकार केशव बैरागी माइलोको पल पल मर्छु छायाँकन इलाममा सम्पन्न

 118 पटक हेरिएको

विराटनगर । अमेरिकामा रहेर पनी नेपाली सुगम गीत संगीतमा सक्रिय कलम चलाइरहनु भएका गीतकार केशव बैरागी माइलोको पल पल मर्छु होला बोलको गीतको छायाँकन इलामको विभिन्न रमणिय स्थलमा छायाँकन सम्पन्न भएको छ । गायन विधाको रियालिटि सो द भ्वाइसका प्रतिष्पधी गायक विकाश लिम्बु र नेपाल आइडलकी प्रतिष्पधी ममता गुरुङको स्वरमा रहेको गीतको भिडियो छायाँकन भएको छ ।

गीतमा विकाश चौधरीको संगीतमा रहेको गीतमा माया र प्रेम लाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । विक्रम डिसीको छायाँकन , तिलक रिजालको सम्पादन तथा उषा मलाहा सिम्रनको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोलाई द मानस क्रियसनले बजारमा ल्याउने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार